Posted by: Bennedict December 29, 2022
Mom is sick, epilepsy, USA travel how to prepare?
Login in to Rate this Post:     0       ?        
ईडिभीजीले पहिलो पटक लाग्यो यस्तो सिरियस कुरामा आफ्नो अमुल्य बिचार दिएको। मान्छे नराम्रो त हैन। तर कहिले काही चै कुरा सुन्दा अजिब नै लाग्छ। खैर। एपिलेप्सीको बारेमा एपिलेप्सीको बारेमा थाहा भको मान्छेले मात्र भन्न सक्छ, आफ्नो घर-परिवार, नजिकको मान्छेलाई यो बिमारी छ भने मात्र बोल्न सकिन्छ। मलाई पनि केही आईडिया त्यसरी नै भयो भनौ। हिमालजी, बर्षको १-२ चोटि मात्र एपिसोड भको हो भने, धेरै सिरियस लेभलको एपिलेप्सी नहोला हैन? किन भने एकदम सिरियस लेभलमा पनि एपिलेप्सी हुन सक्छ मान्छेलाई, दिनमै १-२ चोटि देखी १०-२० पटक सम्म सिजर हुन सक्छ अनी आफ्नो जिबन जिउन पनि एकदम गाहरो पनि हुन सक्छ। आफ्नो सराउन्डिङका मान्छेहरु पनि अफेक्टेड हुन्छन। औषधी टाइममा लिन नछुटाएर ट्राभल गर्दा बेस होला नि। मनमा डर त रहन्छ तर पोजिटिभ सोचेर ट्राभल गर्नुपर्छ नि, आफुलाई के कुराले सिजर ट्रिगर गर्न सक्छ, अभोइड गरेर (यो कुरा त वहाँलाई थाहा नै होला।)

बाँकी ईडिभीजीले माथि भन्नुभको कुरा म समर्थन गर्छु।
Read Full Discussion Thread for this article