Posted by: edv2023 December 27, 2022
को होला त नया प्रधानमन्त्री ?
Login in to Rate this Post:     0       ?        
बेन्दिक सर हजुर लाइ के ढाट्नु, चुनाबमा त भयङ्कर खर्च हुन्छ नि . आजकाल गाउँ पालिकाको चुनाब जित्न १ करोड बढी खर्च गर्नु पर्छ . पुरै पार्टीको खर्च त ३ ४ अर्ब पो हुन्छ त . हाम्रो अनुमानमा येस्पली एमाले मात्रै ५ अरब हाराहारी पैसा खर्च गरेको भन्ने छ . भोट कहाँ तेतीक्कै आउछ . प्रत्यक ओडा ओडामा भोट बटुल्ने ठेकेदार बसेका हुन्छन , तिनीहरु सबैलाई टन का टन पैसा खन्याउनु पर्छ . पुलिश , प्रासासन , गुन्डा मवाली , धार्मिक नेता , पुजारी भए भरका सबै लाइ टन्न पैसा खुवाउनु पर्छ . खसी, कुखुरा , हास , राँगो , दारु , गाडी, तेल , यी सबै देशै भरि परिचालन गर्दा सोच्नुस त कति खर्च हुन्छ ? हजुरहरु सायद काठमाडौँ बासिन्दा भएर होला , काठमाडौँ बाहिरको चुनाबी माहोल नै बेग्लै हुन्छ काठमाडौँको भन्दा .

अरुको के कुरा गर्नु , म जस्तो सान्तिनो ब्यापार गरेर बस्ने मान्छे त कति धेरै खर्च भएको छ . अम्रिकामा घर किन्न राखेको पैसा आद जति झ्वाम भयो होला . मान्छे भन्छन नि प्रचण्ड किन सत्ताको लागि मरिहत्ते गर्छन भनेर . साँचो कुरो के भन्दा चुनाबमा येति धेरै खर्च हुन्छ कि पार्टी २ ३ वर्ष सरकारमा नगई त्यो उठ्दैन . नत्र प्रचण्डलाइ अब सरकारमा जान कुनै चाहन छैन .

तपैले भने जस्तो प्रचण्ड पटक पटक सरकारमा त जानु भएको ह्रो तर ८ हमिना, ९ महिना मात्रै हो . येति छोटो समयमा के गर्ने तपाई आफै भन्नुस न . केहि गर्न खोज्यो सरकार ढाली हाल्छन . येति हुदा हुदै पनि लोडशेडीङ्ग चै वहाले चामत्कारिक रुपमा अन्त्य गर्ग्नु भएको हो .

वहाले सीता मामीलाइ चै अचाक्ली सुबिदा दिएर राख्नु भएको छ , २ जान नर्स , थेरापिस्ट oncall डाक्टर राख्नु भएको छ .

मानबिय छेतीको कुरा गर्दा चै हाम्रो अन्तरिक रिपोर्टमा हाम्रो तर्फा बाट ३-४ हजार हाराहारीमा मानबिय छेती भएको प्रतिबेदन छ . तेस्मध्य लगभग ५०० जना बिल्कुल निर्दोप्श थिए भन्ने छ . हाम्रो सबै भन्दा भयङ्कर गल्ति चै चितवनमा भएको बसमा बिस्फोटन हो . येस्मा बिल्कुल निर्दोष मान्छेले ज्यान गुमाउन पुगे . दुस्मन चनाखो भएको कारण उसलाई थापेको धरापमा निर्दोष जनता परे . यो कुराले त प्रचण्ड सरलाइ समय समयमा भाबुक बनाउछ .

हजुरले भनेको जबर्जस्ति जनसेना भर्तिको कुरो पनि बिल्कुल साचो हो . युद्धमा सबै कुरा जायज हुन्छ भने जस्तो त्यो बेला युद्धको आवस्येकता तेही थियो .

पुराना कुरा लाइ बिर्सेर अब हामी सबैले प्रचण्ड पथको पछि लागेर हातेमालो गर्दै देश बिकाश तर्फा लाग्नु पर्छ . वहाले १० वर्ष भित्र डिजेल , पेट्रोल गाडीको पूर्ण प्रतिबन्ध लाउने वाताबरण बनाउछु भन्नु भएको छ एउटा मिटिंगमा , ग्यास चुलो विस्थापन गरेर बिधुत चुलो सुरु गर्छु भन्नु भएको छ . विचार गर्नुस त वहाले येति गर्न सक्नु भयो भने देशको आद बजेट जोगिन्छ . देश बिकाश तेसै हुन्छ . मेट्रोले त वहाले ल्याएर छोड्नु हुन्छ . अबको ५ वर्ष चाइनिज टेक्नोलोजीले नेपाल द्रुत गतिमा विकास हुन्छ . धोति हेरेको हेराइ हुन्छ पान चपाके !!!
Last edited: 27-Dec-22 03:16 PM
Read Full Discussion Thread for this article