Posted by: edv2023 December 26, 2022
को होला त नया प्रधानमन्त्री ?
Login in to Rate this Post:     0       ?        
बेन्दिक सर, मैले हामी संग उपलब्ध भएका नेता मध्ये मात्रै तुलना गरेर प्रचण्ड जी लाइ भिजनरी , डाइनामिक नेता भनेका हो सर . लौ हेर्नुस त " फटाह नेता लाइ टुडिखेलमा राखेर नाकको डाडी भाचिने गरि हान्छु" भन्ने रबि लामिछ्ने देखि राजाको पार्टी भनेर चिनिने रा प्रा पा सम्म प्रचण्डको "गोडाधुइ " गर्न लाइन लगेर बसेका . केपी बुडा जस्ता अहंकारीले सम्म प्रचण्ड सर लाइ दाम चडाएर गरेर नतमस्तक भए . अरु त अरु भारतको अथक प्रयास समेत प्रचण्ड लाइ छिड्के हान्न सकेन . देउबा जति कोमामा छन् भारत उतिकै कोमामा छ प्रचण्ड सरको surprise प्रति . मोदीले त भारतीए राजदुत लाइ नालायक भनेर fire गर्ने तयारीमा छन् रे . एस्तो तृष्णा बुद्धि भएको मान्छेले दिल खोलेर विकास गर्न पायो भने ५ ७ वर्ष मै काया पल्ट हुन्छ .

प्रचण्डले २० २५ अरब खायो भन्ने हल्ला चै साचो हो तर यो पार्टीकै सहममतिमा भएको हो र उनले यो पैसा निजि भन्दा पनि पार्टीको हितमा लगाएका छन् . येस्पली चुनाबमा मात्र ३ अर्ब हाराहारी खर्च भएको छ .

प्रचण्ड सर ठुलो घरमा बसे भन्ने कुरा पनि साचो हो , यो चै वहाको बिरामि श्रीमतीको लागि हो . १७००० प्रचण्डले मारेको कुरा बिल्कुल गलत हो, माओबादी बाट हत्या भएको भनेको लगभग ३००० को हाराहारी होला, जसमा धेरै सेना प्रहरी र सामन्ती जमिन्दार छन् . सेना प्रराहीमा जागिर खाए पछि मर्न पनि पर्छ , यो अति सामान्य भयो , सामन्तीको सफाया मा पनि कसैलाइ गुनासो नहोला . १ २ सय निर्दोष मरे , तेस्मा हाम्रो घोर दुख छ . माओबादी लाइ देखाएर कति अवसरबादीले अमेरिकामा सरनार्थी बनेर आफ्नो पेट पाली राखेका छन .

म प्रचण्ड लाइ यूक्रेनी रास्ट्रपति Volodymyr Zelenskyy , क्युबाका फिडेल क्यास्ट्रो संग तुलना गर्छु .
Read Full Discussion Thread for this article