Posted by: Bennedict December 25, 2022
को होला त नया प्रधानमन्त्री ?
Login in to Rate this Post:     1       ?         Liked by
फेरी फेरी तेही "जन-सफाइ"को नाममा तेत्रो निर्दोष नेपालीहरु मार्ने मान्छे प्रधानमन्त्री रे... यो त देश पछी धकेलिने काम बाहेक केही हैन। तेत्रो बाद्-बिबाद, झै-झगडा गरेर के गर्नु, आखिरमै प्रचन्ड नै आउनुछ भने? बेकारको नाटक गरेर..

ईडिभीजी, तपाईंले कुन आधारमा यस्तो मान्छेलाई कुशल, अनी डाइनामिक नेता भन्नुभको हो, बुझी गए त मरी जाम। सम्पत्ति बिवरण बुझाम भन्दा आनि-कानी गर्ने, अनी बुझाए पनि हास्यस्पद लाग्ने कुरा लेख्ने, यस्तो इमान्-जबान नभाको मान्छेलाई कुन आधारमा कुशल भन्ने? सम्पत्ति त एउटा टिप अफ दी आईसबर्ग होला, सत्तामा रहदा गरेको नाताबाद, कृपाबादको त के कुरा गर्नु?
Read Full Discussion Thread for this article