Posted by: edv2023 December 16, 2022
तनाबै तनाब छ
Login in to Rate this Post:     0       ?        
तनाबै तनाब छ, जिन्दगिको अति स्वोर्निम घडीमा पनि तनाब चै छदै छ . २ ३ महिना चुनाब मै खटियो .आफ्नो मान्छेले टिकट नपाउल भन्ने तनाब , पाएकाले जित्ला कि नजित्ला भन्ने तनाब . चुनाब सकियो फेरी वोर्ल्ड कपको तनाब . आफ्नो टिमले जित्ला कि नजित्ला भन्ने तनाब .

वोर्ल्ड कप लगतै नेपालमा कसले सरकार बनाउला भन्ने तनाब , आफुले सहयोग गरेका मान्छे ठाउँमा पुग्लान कि नपुग्लान भन्ने तनाब . उनीहरु ठाउँमा नपुगे लगानी खेर जाने तनाब . खै के के को हो तनाब .

लौ, यो तनाबै तनाबका बीच ह्यारिश्बर्ग लागियो वोर्ल्ड कप हेर्न . टिक टक बाट येही अम्रिका आए पछि चिन जान भएका नेपालीभासी भुटानी साथीहरुको निम्तो मान्न .

मेरो अस्तिको सेमी फाइनल ग्यामको गाइजात्रे सितन देखेर खसी खान बोलका छन् . ह्यारिशबर्ग त पुरै नेपाल झल्काउने खालको छ भन्ने सुनेको छु , खसी फारम, कुखुरा फारम देखि नेपाली सुन चादी पसल सबै छ रे . पुरै नेपाली पारामा खसी काट्ने भनेका छन . रक्सिको जिम्बेबारी चै मैले लिए . २०१० पछिको वोर्ल्ड कप मेरो भिन्न परिबेशमा .. happy finals





Read Full Discussion Thread for this article