Posted by: edv2023 December 10, 2022
जन्डिसमा जाँड चै नखानु है !!
Login in to Rate this Post:     0       ?        
अनन्त पुन ( बर्समान ) दाइले भारी मतले बिजय हासिल गरे पछि बधाई दिन उनको डेरामै पुगियो . दाइ पहिले देखि नै सारै सरल सहयोगी र निर्भिग मान्छे . मगर जातले नै सारै आँटिलो हुन्छन ,जनयुद्धमा ६ ७ जना सेनालाइ त घाइते आवस्थामै उनले यमलोक पुर्याको रे . तेइ भएर होला पृथ्बी नारायणको मुख्य लडाकु पनि मगर हुने गर्थे , ब्रिटिश आर्मीले पनि उनीहरुको योग्यत़ाको खुबै कदर गरे .

डेरामा म सहित अरु २ जना पुगेका थियोउ बधाई दिन , दाजुले त ल बस भाईहरु भनेर भाउजु ( ओनसरी घर्ति ) लाइ डबकिमा छानेको जाड ल्याउन लागाए . भाउजु फेरी पूर्व सबामुख भए पनि घरमै जाड , सक्सी सब बनाउनु हुन्छ . जाड ल्याए पछि ल सुरु गरम भनेर जाड दिनु भयो . काठमान्डूमै धेरै समय हुर्केको भएर मलाई लोक्कल ठर्रा मन पर्दैन . तर दाजु आफैले भने पछि खन्ना भन्ने आँट गर्न सकिन .

हामीलाइ जाड पस्केर दाजुले पनि एक बोटुका जाड स्वाट्ट पर्नु भयो . बर्समन दाजुलाई यो भन्दा पहिले कडा खालको जंडीस भएको थियो र प्रचण्डको अथक प्रयासले वहा बाच्न सफल हुनु भयो . वहाले तेसरी जाड स्वाट्ट पारेको देखेर मैले " दाइ हजुरले त खान नहुने " भने . वहाले लगत्तै ' ह्य , कस्तो कस्तो युद्ध बाट त बाँचियो , यो जाबो तिन पानेले केहि हुदैन भाई, फेरी यो त घर मै बनाको भन्नु भयो भद्र स्वोरमा "

एकछिनमा दाजु भाउजु संग बिदा भएर निस्कियो , तेस्को केहि समयमा पार्टीले दिएको जिम्मेवारी सफलतापुर्बक निर्बाह गरेर म अम्रिका फर्किए .

अम्रिका फर्केको ३ दिन मै समाचार आयो " दाइ लाइ जन्ड्डीसले फेरी च्यापेर चिन लागेको छ " . जन्ड्डीसमा रक्सि जाड बिष सरह हुन्छ भनेको सुनेको थिए हो कि क्याहो , एसको बैज्ञानिक तर्क चै थाहा छैन .
Read Full Discussion Thread for this article