Posted by: Bennedict December 7, 2022
आत्म-जागृति
Login in to Rate this Post:     0       ?        
लागेको थियो कुनै ठुलै कुरा गर्यौ,
तर नयाँ त केही रहेनछ
यस्तो फिल्मी शैलिको लाइन लेखेर
हरे, कुनै बित्ता नापेनछ

प्रेम इश्वर, इश्वर प्रेम भन्दै
के को माला जप्दछौ?
आफु गर्छौ प्रेम या गर्छौ कुनै हवस?
भन्न हामीलाई के सक्दछौ?

स्वर्गको लोभ नर्कको डर
सबैलाई तेस्तै होला
तर तिम्रो पास्ट गतिबिधिले
तिमीलाई त कहिल्यै नछोड्ला

रिलभेन्ट हुन सिक मित्र
पुराना ग्रन्थ, उपनिषेद के पल्टाउछौ?
जब भित्री स्वरूप नै तिम्रो,
कुटिलताले भरिएको छौ।
Read Full Discussion Thread for this article