Posted by: Smriti-malla December 7, 2022
आत्म-जागृति
Login in to Rate this Post:     0       ?        
स्वर्गको लोभ र नर्कको डर
यस्तै व्यापारको पर्यौ भर
मरेर स्वर्ग जाने आसमा
नर्कमा बाँच्यौ जीवनभर ।

खोज्नु थियो ईश्वर आफैँभित्र
पुज्दै हिँड्यौ व्यर्थ चित्र विचित्र
प्रेम नै ईश्वर, ईश्वर नै प्रेम
प्रेम नै हो धर्म बुझ है मित्र !

प्रेमीको ईश्वर प्रेम, भक्तको प्रेम ईश्वर
गीत फरक-फरक यहाँ तर एउटै छ स्वर
यति रहस्य बुझी तोड आजै यो भ्रमजाल
जाग आफैँभित्र खोल्न परमानन्दको द्वार ।
Last edited: 07-Dec-22 03:57 PM
Read Full Discussion Thread for this article