Posted by: Smriti-malla November 27, 2022
यहाँ बोल्ने अनुमति छैन!
Login in to Rate this Post:     0       ?        
सट् द एफ्* अप्!!

यहाँ चाकडीको भाषा बिक्छ
सम्पादित विद्रोहहरु मात्र टिक्छ
विरोधाभास हो मेरो मुलुक
त्यसैले सट् द एफ्* अप्!!

जिन्दगी बन्दगी राख्नेहरु छन्
जिन्दगीसँग थाक्नेहरु पनि छन्
तर यहाँ आँसु होइन आँकडा हेरिन्छ
त्यसैले सट् द एफ्* अप्!!

जिन्दगी मजाक बनाइदिने उहाँहरु
व्यङ्ग्य कहाँ बुझ्नुहुन्छ!
यहाँ मुटु चर्किने अनुमति मात्र छ
स्वर नलीलाई थर्किने अनुमति छैन
विरोधाभास हो मेरो मुलुक
त्यसैले सट् द एफ्* अप्!!
Sudharsan poudal.
Read Full Discussion Thread for this article