Posted by: Bennedict November 5, 2022
Kahani Ghar Ghar ki, what would be the way forward?
Login in to Rate this Post:     0       ?        
हिमालजी,
अरु स्टेटको खासै थाहा भएन, तर MA म चै ग्रीन कार्ड छ अनी काम-धाम छैन भनेर कस्तो कस्तो कम्प्लेक्स अपरेसन, रोगको उपचार आदी पनि फ्रीमै गर्ने गरेको देखे, बिशेष गरेर उमेर पुगेकाहरुले। अब यहाँ सिस्टमले आमा-बाउलाई छोरा-छोरिले नै हेर्नुपर्छ, खर्च सबै उठाउनै पर्छ भनेर भन्दैन। ब्यक्तिगत कती इन्कम छ, कती काम गरेको छ तेसैको आधारमा हस्पिटल चार्ज लगाउछन। कागज नहुनेले पनि डराउनु पर्ने चै खासै देखिन है, अरु स्टेटमा फरक होला।
अब आफ्नो प्रपर्टी नै सेल गरेर आमा-बाउको उपचार गरेको चै MAमा मैले कहिल्यै सुनेन। एक जना आफन्तलाई क्यान्सर नै लागेको थियो, कागज थिएन, तर सबै अपचार औषधी सबै फ्री थियो, घरमै आउथ्यो। अफसोस उहा बाच्नु चै भएन। मलाई चै यहाँ हेल्थ केयर राम्रो लाग्छ, हो अब बर्षको १००k ओभर कमाउनुहुन्छ भने चै तिराउछन मजाले तपाईंको उपचारको केसमा है। आमा-बाउको केसमा उहाहरुकै ब्यक्तिगत इन्कम म्याटर गर्छ छोरा-छोरिको हैन जस्तो लाग्छ है। MAमा तपाईं भएको भए चै म उहाहरुलाई यहाँ ल्याउने नै सुझाव दिन्थे, अरु स्टेटको अली थाहा भएन।
Read Full Discussion Thread for this article