Posted by: edv2023 November 4, 2022
Kahani Ghar Ghar ki, what would be the way forward?
Login in to Rate this Post:     0       ?        
बाबु आमा हुने हामी जस्ता भाग्यमानीहरुको एउटा जटिल समस्या हो यो . बुढा बुढीलाइ यहाँ राखेर जाक्नु भनेको चै साचै महा-पाप हो . १ २ महिना घुम्ने घुमाउने आफ्नो ठाउँमा छ तर GC maintain गर्नकै खातिर एस्तो अनकन्टार ठाउँमा ल्याएर उनीहरुलाइ राख्नु हुन्न . सके सम्म नेपालमै सुख सुबिधा सहित राख्ने कोसिश गर्नु पर्छ .

मेरी श्रीमतीले मेरी सासु- ससुरालाइ २ जना नर्स राखेकी छे २४*७ सपोर्ट .आजकल नेपालमा नर्स छ्याप छ्यापति पाइन्छ ज्यादै सस्तो रेटमा . १० १२ हजार बाट काम लाउन सकिन्छ . नर्सहरुले त नेपालमा काम नै पाउदैनन्, पाई हाले पनि एक वर्ष भोलिन्टर गर्नु पर्छ तेस्पछि १५ हजार दिन्छ हसपिटलले . मेरी बुढीले चै जनही ३० हजार दिएर राखेकी छे . सुरुमै येति धेरै पैसा पाउदा उनीहरु पनि दङ्ग छन् . सब्द " नर्स " सुन्दा फेन्सी लागे पनि घरको सारा काम गर्छन, खाना पकाउना , धोना , पुछ्ना देहि सामान्य उपचार सबै .

हेर्नुस न, नेपालमा सुन्दा ६० हजार लाग्ला तर यहाँ बाट पठाउदा ५०० डलर नि हुन आउदैन , एक छाकको पारिबारिक डिनरको पैसाले नेपालमा कति काम बन्ने .यिनीहरु २ ४ वर्षमा बिहे गरेर अस्ट्रेलिया जान्छन , फेरी नया नर्सहरुले रोजगारी पाउछन .

नेपालको स्वस्थ सुबिधा ( काठमाडौँमा ) सहज र सुलब छ. तेस्तै सेवा यहाँ लिनु पर्यो भने तराईको ५ बिगाहा जमिन बेच्नु पर्छ . हरेक दृस्टीकोण बृध-बृद्धा लाई नेपाल नै उपयुक्त छ . मेरी स्वास्नी पनि एक्ली छोरि हो . सालो त छ तर स्वास्नी सारै चोथाले , बुडा बुडी अलगै आफ्नै पुर्ख्यौली घरमा बस्छन ,
Read Full Discussion Thread for this article