Posted by: edv2023 September 23, 2022
मेरो अम्रिका यात्रा -२
Login in to Rate this Post:     2       ?         Liked by
५ ६ महिने अम्रिका बसाईमा मेरो नेपाली /सोउथ एसियनहरुसंगको अनुभब तेती राम्रो रहेन . कुरो नचपाई भन्दा यी जाँठा साढे पाँच फुटे नेपालीजनहरु संग म लगभग वाक्क , दिक्क , प्यक्क भै सकेको अवस्था छ . अमेरिका त पहिले पनि भिजिट गरेको हो तर यहाका नेपाली संग तेती नजिकिने मौका मिलेको थिएन . यहाँ हप्तै जस्तो हुने ग्यादरिंग र एस्ता ग्यदरिंगमा हुने छलफालका बिसाएले मलाई दिक्क बनाई सक्यो .

ग्यादरिङ्ग भएको १० मिनेटमै दिक्क लाग्दो बिसाएले प्रवेश पाउछ . एउटाले स्टक मार्केटको कुरो निकाल्छ अनि अर्कोले तेशमा आफ्नो बिग्येता थप्प्छ. केहि समय पछि अर्कोले फलानोले त २०१९ मा किनेको घर ५ लाख नाफा खाएर बेचेछ नि भनेर पैसाको कुरो निकाल्छ . तेस्पछि अर्कोले रामबहादुरले १५ वर्षमै येति मिलियनको सम्पति जोडी सक्यो आफुले बल्ल बल्ल २ ओटा घर मात्र किन्न सकेको गुनासो गर्छ .
अर्को घ्याम्पेले डिस्पोजेबल कपमा २ डलरको जम्बो कोक हाल्दै जागिरको कुरो निकाल्छ , ४०१ मा कति जम्मा भयो, सो'को फेरिस्ता लगाउछ . ६५ वर्षको सट्टा ६८ वर्ष सम्म काम गर्दा कति फाइदा हुने कुरोको ब्याख्या गर्छ . एदा कदा खेलकुदको बिसाएले प्रवेश पाउछ तर फेरी अर्को नाक चुच्चेले पैसाकै कुरो निकाल्छ . पेर्सनालिटीको कुनै चिन्ता छैन , जिमखानामा सायद यिनीहरुको पाइला कहिले पुगेको छैन . प्याट्ट प्याट्ट चप्पल र टि-सर्ट लाएर अधिकान्ष १० वर्ष पुरानो गाडी चलाएर हिड्छन तर भेट हुदा कुरो पैसा र सफलता बाहेक अरु केहिको चर्चा हुदैन . प्रकृति ,योग ,हाइकिङ्ग , साधना जस्ता कुराको कुनै महत्तो नै छैन . म त यो भिडमा एकदमै निसासिये जस्तो हुन्छ .नेपालमा हुदा कामले कहिले कसैलाई फुर्सद नै हुदैन र भेट घाटमा अलि अलि राजनीतिको कुरा भए पनि यहाँ जस्तो खाली पैसा , लगानी , ४०१ को कुरो हुदैंन . त्यहाँको भेट घाट बिसुद्ध ओर्गानिक हुन्छ , सुख दुख , हासो ठट्टा उमङ्ग हुन्छ . यहाँका नेपाली छिमेकी लाइ मेरो हैकिंग /फोटोग्राफी को कुरा भन्दा हजारौ गुणा बढी मैले किन्न लागेको घरको चासो छ . यहाँ सबैलाई थाहा छ ब्याबसाए बाहेक मेरो सौख फोटोग्राफी हो र म संग निकै राम्रा राम्रा फोटोको संघ्रह र सुनाउन अनुभबहरु छ तर आज सम्म कसैले यस बारे चासो राखेको छैन . महिला वर्गको झन् के कुरा गर्नु , बरु नेपालमा आजकल महिलाले खासै गहना लाउन छोडी सके यहाँका महिलाको छड्के तिलहरी , नौगेडी आदि देख्नु भयो भने छक्क पर्नु हुन्छ . बाबाठाकुरे तेस्तो गहना लाएर हिड्न लाज हुन्न भन्या ?

निस्कर्ष :
अधिकांश अम्रिका आउने नेपालीहरुले आफ्नो काल खण्डमा चरम गरिबी देखेको हुनाले यिनीहरुको ध्याननै कसरि हुन्छ पैसा थुपार्ने तिर मात्र केन्द्रित हुदो रैछ . पैसा थुपार्ने क्रममा जिन्दगि पनि सकिदै गएको अनुभूति सायद हुन्न होला . लाग्छ नेपालीको यो पुस्ता र तयार हुदै गरेको अर्को थप एक पुस्ता जिन्दगिको सार्थकतामा भन्दा नि धन थुपार्नेमै केन्द्रित हुने देखिन्छ . अमेरिकी सपना बाट हामी अझै १०० वर्ष पछाडी छौ .

भोलि बेल्का अर्को ग्यादरिङ्ग छ त्यहाँ मैले किन्ने घरको प्रगति विवरण बुझाउनु पर्ने छ .
Read Full Discussion Thread for this article