Posted by: logan September 17, 2022
what's wrong with baghban movie?
Login in to Rate this Post:     0       ?        
हाम्रो समाजले छोरा छोरीको लागि मात्र कमाइ धामाइ मा लागेका हुन् | यिनै लोभ लालचले हामीलाई जकडेर राखेको छ त्यति मात्र हो र सके छिमेकीको २ इन्च जग्गा पनि ओगटन / आफ्नो भागमा पार्न सके ( सडक मिचेर घर बानाउने चलन को कारण पनि यहि हो कि ?) दिग्बिजयी हुईने बिस्वास धेरैले गरेका छन् र अझै गर्दै छन् |
प्राईभेट स्कुल र कलेज अनि विदेश सम्म पुर्याएर पढाइ दिने जिम्मेबारी बाउ आमाकै थाप्लोमा छ र हामि पनि थाप्लोले बोक्न नसके पनि घर जग्गा धितो बन्धक राखी (थप दाइत्य्व बोकी ) पढाएकै छौ |
बाउ आमाले पनि कति सम्म चै गर्ने भन्ने सिमा निर्धारण गर्ने बानि र संस्कार मा नहुर्किएको कारण छोरा छोरी ले नाति नातिना जन्माई सकेका र उनीहरुले आफ्नो दाइत्व बोक्ने बेला मा पनि थप दाइत्य्व बोकी बस्ने हाम्रो बानि कै कारण छोरा छोरी हरु आत्मनिर्भरता तिर अभिमुख नभएका हुन् कि ?
मेरै छिमेकीको मा हली भएर बसेकाले सहरमा घर घडेरी जम्मा गरे भने जसको हलो जोतेको हो तिनका छोरा हरुले बाउ आमाकै जग्गा भाग बाडेर लिए | यी मुखिया बाका छोरा हरुले बाउ आमाको जग्गा पाउदैनन् भन्ने परेको भए अबस्य पनि आफैले जोड्ने तिर लाग्थे कि लाग्दैन थिए ? यो पनि बिचारणिय कुरा हुन जस्तो लाग्छ !

नया बिधान ले बाउ आमाले सम्पति भाग नलगाउनु पर्ने र छोरा छोरीले बाउ आमालाई भरथेक गर्नु पर्ने नियम ल्याउन लागेकोछ भन्ने सुन्छु | साझामा मैले नेपाल बाट सम्पत्ति लिएर आएको म धनि मानि ( बाउ आमाले कमाएको मा आफुलाई धनि मानि सम्झने दिग्भ्रमित हरु को दिमाग ठिक हुदै जाला ) ठान्ने हरुले के चै मेरो र के चै बाउ आमाको हो छुट्याउन थाले पछि मात्र आउने जेनेरेसन को बानि व्यहोरा मा अबस्यनै परिवर्तन आउला | आफुले परिश्रम नै नगरी म धनि ठान्ने हरु उनीहरुले होइनन बाउ आमा र हाम्रो संस्कार ले दिएको गलत communication को कारण हो |
फिल्म हेरीको छैन तर बाउ आमाले आफ्नो कर्तब्य भन्दै बुढेसकालको लागि बिचार नै नगरी छोरा छोरी प्रति लगानी ठानि चुर्लुम्ब रिणमा डुब्नु हाम्रो अन्ध प्रेम हो ?
Read Full Discussion Thread for this article