Posted by: Bennedict August 26, 2022
परिश्रम र नैतिकता बीच सहसम्बन्ध
Login in to Rate this Post:     0       ?        
लोगनजी,
केही लेखीहालु भनेर।

तपाईंलाई यहाँ साझामा धेरैजनाले गिराउने, थचार्ने गरेको धेरै देखेको छु। अब आँखा बन्द गर्न पनि सकिएन। म केही भन्छु तर फेरी तपाईं बाङो बाङो कुरा गर्नुहुन्छ, धेरैलाई त समझके बाहर। मलाई लाग्छ तपाईंलाई नेपाली पढाउने टिचर त खत्रै हुनुपर्छ हो। यसरी बोली-बोली, लेखाइ-लेखाइमा टन्ट मार्ने, घोच्-पेच गर्ने मलाई त खास आउन्न, हो मैले नि लेखे ब्यङ मिश्रित कबिताहरु जब साझा कुनै अश्लील प्लेबोय बेचिने अड्डा बनेको थियो, र बन्छ पनि बेला बेला। तर सधैं म भिडी बस्दिन। किन भने म इग्नोर गरिदिन्छु। यहाँ जे लेख्यो, भोली बिर्स्यो तेही हो मेरो केसमा। अब FOMO त हुन्छ मतलब fear of missing out तर आई ट्राइ टु स्टे अवे तेही हो।

तपाईं भाउ नदिनुस् तपाईंलाई उडाउनेहरुलाई अनी तपाईंलाई कतिन्जेल यिनिहरु बिल्ला गर्न सक्छन हैन र ? हेर्नुस् तपाईं यहाँ तपाईंको दुश्मनलाई छेड हान्न नयाँ थ्रेड शुरु गर्नुहुदैछ अब त आगोमा घ्यु थपेको जस्तो भएन र?

अब फेरी यो पोस्ट नै डिलिट गरिदिनुहोला फेरी... या नबुझिने तरिकाले जवाफ दिनुहोला।

जहासम्म नैतीकता र परिश्रमको कुरा छ, परिश्रम गर्नुपर्छ र नैतीकता पनि छोड्नुहुन्न। दुबै आवश्यक छन जस्तो लाग्छ, तर बेला बेला म पनि अनैतीक भए हुला, कामचोर भए हुला हैन र? पर्फेक्ट त को होला र?
Read Full Discussion Thread for this article