Posted by: Brain_Adams August 15, 2022
नैराश्यको नेपथ्य देखुन जिजिबिसाको संघारसम्म
Login in to Rate this Post:     0       ?        
एक निर्दोष छाना,
म देख्दैछु
अदम्य साहसको स्याहीमा
बाटो हराएका शब्दका जुलुस निस्कन्छन
पानी पर्छ झररर, बिचारो छानोले सहनै पर्यो
संघर्शको कथा बोक्दै
केही सपनालाई पछ्याउदै
अनी सहानुभुती खोज्दै
प्रताडित प्रयासलाई छर्लङ पार्दै
सबै उत्तरहरुलाई खोज्छन
प्रश्नहरुको लामको माझ
हरेक छण जसले झस्काउदै बस्छन

एक बैराग्य युक्त टिफिन बट्टो,
हरेक समुहबाट जो छ निश्काषित
घुम्दै छ जो गन्तब्य बिहिन भएर
तेही पुराना, घिसापिटा
बिमर्शहरुको प्रतिबिम्बमा
जसले धावा बोल्दै बस्छन
बेरोक, बेटोक
सधैंभरी
बिभिन्न खानाका रुपमा,
कैले मःमःचा, कैले चाउमिन, कैले हिजोको बासी भात
तर तेही मर्म, भावमा
देखाउछन
नसकिने दुर्भाग्यका अंशहरु
केही कुटिल चलनहरु
केही निर्दयी चालहरु

बिरोधाभास,
म केलाउछु
केही हराएका कट्टुहरु,
केही काटीएका प्युबहरु,
बिस्थापित जिबनको दौडमा
होशबाट सन्यासित,
शिग्रस्खलित,
अनी रणभुल्लमा हराएको आत्मा
सोचिरहन्छु अलमल्लमा
तर पनि कुनै कैदमा झै
कही कतै आशाको त्यान्द्रोमा
फेरि नयाँ खुशीको खोजमा,
छानामथि फालिएको टिफिनबट्टा भित्र कोचिएको कट्टु जस्तै . . .
Read Full Discussion Thread for this article