Posted by: _____ July 30, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     1       ?         Liked by
अब महाभारत तिर जाम,
रामाएण जस्तै महाभारत पनि एउटा उत्कृष्ट रचना हो। अझ रामाएण मा भन्दा महाभारत मा बडी एक्सन छ। मलाई रामाएण भन्दा महाभारत पढ्न बडी मज्जा आउछ। महाभारत is full of क्लिमेक्सेस। ॠषि व्यास लाई धन्यवाद दिनै पर्छ तेत्रो बर्ष अगाडि एस्तो चाख लाग्दो रचना गरेको मा

तर महाभारत एकै पटक एती ठुलो लेखिएको होइन भन्छन। सुरु मा ८,८०० स्लोक को जय सम्हिता लेखियो, तेस्मा पछी अन्दाजि १६००० स्लोक थपियो र ग्रन्थ को नाम "बिजय " भयो। तेस्मा फेरी केही हजार् स्लोक थपियो, अनी ग्रन्थाको नाम "भारत " । "भारत" मा पछी धेरै स्लोक हरु थपेर "महाभारत" बन्यो। कतिपय ले व्यास ले बल्मिकी रामाएण को कपि गरेर महाभारत बनाएको भनेका पनि छन। रामाएण र महाभारत मा धेरै कुरा हरु उस्तै उस्तै छन.
१। महाभारत को मुख्यकारण बाबु (ध्रितरास्ट्र) ले आफ्नो छोरा दुर्योधन लाई राजा बनाउन चाहेर, रामाएण मा आमा (कैकेयी) ले आफ्नो छोरा भरत लाई राजा बनाउन चाहेर.
२। रामाएण मा राम का दाजुभाई फरक फरक आमा बाट जन्मे का, महाभारत मा यूधिस्टर का दाजुभाई फरक फरक बाउ बाट जन्मे का
३। यूधिस्तर लाई १२ बर्ष बनबास र एक बर्ष गुप्ताबास को सजाए, राम लाई १४ बर्ष बनबास को सजाए (सजाए को प्रकार उस्तै)
४। राम ले शिव को धनुस् भाचेर सिता को पती बन्छन, अर्जुन ले धनुस् ले नहेरिकन माछा मारेर द्रौपदी को पती बन्छन
५। पत्नी हरुलाई बनबास को सजाय नभएको भये पनि दुबै पत्नी ( सिता र द्रौपदी ) पती संगै बनबास जान्छन
६। बनबास मा सिता लाई रावण ले हरण गर्छ द्रौपदी लाई जयद्रुथ ले हरण गर्छ.
यू । फरक फरक आमा का सन्तान भएपनी राम का दाजु भाई बिच एकदम राम्रो सम्बन्ध छ, तेस्तै महाभारत मा फरक फरक बाउ को सन्तान भए पनि यूधिस्टर का दाजु भाई मा एकदम राम्रो सम्बन्ध छ
८। रामाएण मा शक्तिशली हनुमान थिए भने महाभारत मा शक्तिसाली हनुमान का छोरा भिम छन
९। राम र कृष्ण दुबै बिष्णु का अवतार
१०। सिता र द्रौपदी दुबै आमा को गर्व बाट जन्मे का होइनन

अब यो समानता लाई नक्कल गरेको भन्न मिल्छ कि मिल्दैन कुन्नी

महाभारत कती पुरानो? रामायाण लाई जस्तै महाभारत लाई पनि बिभिन्न काल को मान्न सकीन्छ तर आधुनिक काल को प्रमाण हेरेर भन्ने हो भने अन्दाजि २८०० -३२०० तिर को होला जस्तो छ।
चन्द्रगुप्त को पाला मा मगध साम्राज्य मा आएका  ग्रिक राज्दुत ले कृष्ण को मृत्‍यु पछी चन्द्रगुप्त को पाला सम्म १३८ generation भनेका छन। तेस्लाई आधार मानेर गण्ना गर्ने हो भने महाभारत आज भन्दा करीब ५००० बर्ष अगी भएको हुन पर्छ। महाभारत लाई आधार मानेर गण्ना गन्रे हो भने रामाएण आज भन्दा करीब भन्दा ७०००-८००० बर्ष अघी भएको हुन पर्छ.
कृष्ण भगवान का अबतार हुन? भगवान ले अबतार लीनै पर्छ भन्ने छैन। तर गीता लाई पढ्ने हो भने कृष्ण निकै चलाख मान्छे हुन। जैन धर्म ले कृष्ण लाई बासुदेब भनेर सम्मान पनि गरेको छ् र कृष्ण नरक गये भनेको छ किन भने अर्जुन ले युद्ध गर्दिन भन्दा भन्दै कृष्ण ले अर्जुन लाई युद्द गर्न उक्साए.
बैदिक आर्य हरुले पनि महाभारत काल सम्म आइपुग्दा खस आर्य हरु सँग मिलेर बस्न पर्छ भन्ने बुझी सकेका थिए, तेसैले कृष्ण ले ईन्द्र (बेद्कलिन देवता) लाई पूजा गर्न पर्दैन, कर्म गर्ने म हो मलाई पूजा गरे पुग्छ भनेका छन। ईन्द्र लाई युड्ढ मा हराएका छन.

आज आफु लाई ठुलो बैदिक भन्नेहरु लाई बेद भन्दा रामायाण, महाभारत बडी थाहा छ। बुद्ध ले खस आर्य को तरिका अपनाएर भगवान बने, यज्ञ गरेर कोइ भगवान बनेको थाहा छैन।


Last edited: 30-Jul-22 04:46 PM
Read Full Discussion Thread for this article