Posted by: _____ July 28, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     1       ?         Liked by
बेद का गल्ती हरु भन्नु भन्दा अगाडि बेद का राम्रा कुरा नि भनम। बेद मा जाती प्रथा छैन, बेद मा सती जाने प्रथा पनि छैन, बेद मा स्त्री जाती लाई पनि उत्तिकै महत्व दिएको छ, बेद मा दाईजो प्रथा पनि छैन.

अन्दाजी ५००० बर्श पहिले आर्य हरु मा दुई मत देखा पर्‍यो। भगवान बाट शक्ती को प्रप्ती कसरी गर्ने भनेर, एस्मा एउटा समुह यज्ञ गरेर भगवान को ज्ञान र शक्ती प्राप्त गर्न सकिन्छ भन्थ्यो अर्को समुह भने यज्ञ होइन तपस्या (चिन्तन मनन) गरेर शक्ती र ज्ञान पार्प्त गर्न सकिन्छ भन्थ्यो। यज्ञ बाट ज्ञान र शक्ती प्राप्त हुन्छ भन्ने समुह गलत थियो र तपस्या बाट ज्ञान र शक्ती प्राप्त हुन्छ भन्ने समुह ठीक थियो। तेस्सैले वेद मा तपस्या वाला हरुको कुरा राखिन पर्थ्यो तर उनिहरु को हार भयो यज्ञ गर्न पर्छ भन्ने समुह को जित भयो। फल्स्वरुप वेद मा जताततै यज्ञ को कुरा आयो हिजो आज सबैलाई थाहा छ चिन्तन मनन गरे ज्ञान प्राप्त हुन्छ यज्ञ गरे हुँदैन भनेर तर तेती बेला त्यस्तो थिएन। तेस्बेला देखी आर्य हरुमा दुई गुट भयो यज्ञ गर्ने समुह (जितुवा) र तपस्या गर्ने समुह (हरुवा), पुराण हरुमा देखिने देबासुर् सङ्राम इनै दुई को बिच को युध्ह हो, 

ईन्द्र यज्ञ गर्नु पर्छ भन्ने का नेता थिए तेसैले उन्ले तपस्या गर्ने हरु को तपस्या भङ गर्न अप्सरा पठाउथे, युध्ह गर्थे पछी पछी गएर यज्ञ गर्ने हरु लाई पनि तपस्या गर्ने हरुले दुख्ह दिन थाले यज्ञ गर्न लाको ठाम मा गएर पानी खनैदिने आदी इत्यादी। ठुलो दुस्मनी सुरु भयो दुबैले छुटै राज्य बनायेर राज्य गर्न थाले। तपस्या गर्न पर्छ भन्ने समुह ले वेद मा भनिएको सृस्‍टि को आदी पुरुष जस्लाई तेस्बेला अहुर माज्दा भनिन्थ्यो, लाई मान्न थाले। तर उनिहरुले वेद मा उल्लेख भएका देबता ईन्द्र हरु लाई स्तर घटाइेको देबता र मान्न नपर्ने भन्न थाले। कती पए अहुर माज्दा मान्ने हरुले वेद मा उल्लेख भएको देबता हरुलाई दुस्ट को रुप मा चित्रण गर्न थाले। अहिले पनी अहुर माज्दा मान्ने हरुको ग्रन्थ "अवेस्तन" मा ईन्द्र लाई सत्य लुकाउने दुश्ट को रुप मा चित्रण गरिएको छ्। जसरी पुराण हरुमा असुर शब्द ले दुस्ट भन्ने जनाउछ तेस्तै अवेस्तन ग्रन्थ मा देबता शब्द ले दुस्ट भन्ने जनाउछ.
 
धेरै समय बित्यो शब्द बाट अक्षर "ह" गाएब भयो "ह" को सत्टा "स" पर्‍योग हुन थाल्यो "अहुर माज्दा "असुर" भयो। कती ले असुर लाई राक्षस (अहिलेको गुण्डा जस्तो) किन भने उनिहरुले बैदिक आर्य हरुको यज्ञ भंग गरी दिन्थे। बैदिक आर्य पनि तपस्या गर्ने आर्य हरुको तपस्या भंग गरी दिन्थे (ईन्द्र ले कतिपय ॠषि हरु को तपस्या भंग गराएका छन। यज्ञ गर्न पर्छ भन्ने हरु को बोल्वाला थियो उनिहरुले नै लेख्थे। धेरै पुराण उनिहरुले नै लेखेको हो तेसैले तपस्या गर्न पर्छ भन्ने आर्य हरु लाई दुस्ट, राक्षस को रुप मा चित्रण गरियो। अब ति राक्षस हरु अर्थात तपस्स्या गर्ने आर्य हरुलाई लाई अहिले के भनिन्छ भने खस आर्य। तेस्करण खस आर्य र बैदिक आर्य दुबै (सनातनी) हुन, अहुर (असुर) माज्दा मान्ने हुनाले बैदिक आर्य ले तिन्लाई असुर भने। खस आर्य हरुले अहिले पनि कुल देब्ता को रुप मा माज्दा लाई मान्छन। खस आर्य हरुले मान्ने माज्दा अहिले "मश्टो" भएको छ

विश्वाश लाग्दैनभने पुराण हरुमा राक्षस भनिएका हरुले कि शिव, कि बिष्णु कि ब्रह्मा को तपस्या गरेर शक्ती प्राप्त गरेक छन। रावण एक सनातनी आर्य थियो, उस्ले शिव को तपस्या गरेर शक्ती प्राप्त गरेको थियो। अब शिव को तपस्या गर्ने पनि कही गैर सनातनि हुन्छ? तर तेस्बेला सोसिएल मिडिया (लेखाइ) बैदिक आर्य हरुको हात मा थ्यो । अहिले पनि हेर्यो भने सोसिएल मिडिया प्र्योग गरेर कतिपय लाई बद्नाम गरिन्छ। त्यो प्रब्रित्ती आज सम्म छ। रावण को बाउ बाजे बैदिक आर्य थिए, तर आमा चाँही खस आर्य। ति आमा ले रावण लाई खस आर्य सन्स्क्रिती मा हुर्काइेन.

रिगवेद कलिन सन्स्क्रित भाषा र एवेस्तन भाषा पनि एकपश मा धेरै मिल्छ

आगामी पोस्ट
रामाएण महाभारत र मनुस्म्रिती

Last edited: 28-Jul-22 01:58 PM
Last edited: 28-Jul-22 04:28 PM
Read Full Discussion Thread for this article