Posted by: logan July 22, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     0       ?        
धर्के ब्रो: तपाइको उत्तर सटिकछ , ले अरु प्रश्न थप्दै लग्यो | मेरो सोचाइमा प्रकित पुजक हरु चै सनातनि हुन् कि ? हामि प्रक्रित पुजक बाट ब्राम्हणत्वका पछाडी लागि सके पछि हामि सनातनी का आचार बिचारमा मौलिक परिवर्तन भै सके पछि सनातनी को सट्टा अंग्रेजीमा "Conformist" "Followers" को प्रयोग गरिएको छ , तेतिनै मात्र हौ कि ?
के चाड पर्ब धर्मकै एक अंश हो वा मनोरंजन र भेट घाट को माद्यम हो ? बाउले डोकोले बिरालो छोपेर श्राद्द गरेको देखेर हामि पनि श्राद्दको महत्व भन्दा डोको र बिरालो खोज्नेमा त परेनौ ?
मेरो बच्चाले तपाइले भने झैँ दशैँ र तिहार मनाउदै आयौ, कक्षा बड्दै गयो, सामाजिक शिक्षामा धर्म का बारे पढे पछि मलाइ हाम्रो धर्म बारे किन केहि भनिनस भन्ने कुरा उठ्यो |
मैले छल छाम नगरी दिएको उत्तर " मलाइ नै थाहा छैन हाम्रो धर्मका आधार के हुन्",(यो नैतिकता बिहिन संस्कार हो जसको ज्वलन्त उदाहरणमा जातिपाति र अछुत जाति माथि खुले आम बिधिपुर्बक महादास बनाइयो अनि हामि सनातानिले पछ्याउदै आयोउ , चर्चमा पादरीले बालबालिका माथि दैनिक बलात्कार गर्दा पनि पोप ले समेत आखा बन्द गरेर बस्याछन् भने हाम्रोमा संगठितरुपमा दिन दहाडै भए र गाउ घर तिर अझै हुदै होलान ?) यी कुरा अबस्य पनि उठने छ र यसको उत्तर अझै पनि मैले पाउन सकेको छैन | मैल मार्क्सले भने झैँ " धर्म नसा हो " र मैले बाल दिमागमा म आफै मेरो धर्म का आधार के हुन् र के सिकाउछ भनेर खोजि गरि रहेको बेला गलत कुरा दिनु भन्दा स्व-खोज बाट बुझेर थाहा पाउनु ठिक होला भनि मलाइ चिन्हाउने " हिन्दु" धर्म बारे केहि कुरा नगरेको हु भन्ने जबाफ दिए पछि "That make sense" बाट हाम्रो धर्मका बारे सधालाई अन्त्य भएको थियो | अहिले "बाउ त र म चै बुद्दिस्ट दर्शन तिर धेरै मिल्दो रहेछ" भने पछि पहिले हिन्दु धर्मकै बारे केहि बुझोउ तिर लागेको छु |
हाल सालै मैले आफुलाई हिन्दु भन्न मिल्छ कि मिल्दैन , हिन्दु भनेको के हो , हिन्दु धर्मका आधार के हुन्, यसका बिसेश्ता बारे खोज खबर मा केहि पुस्तक हरु पढ्दैछु |
मेरो हाई स्कुलको बेला " धार्मिकता से नैतिकता कि ओर " निबन्ध पढे पछि नैतिकता सिकाउछ कि सिकाउदैन भन्ने सोच मै आज सम्म बिते | जुन धर्मले नैतिकता सिकाउदैन भने त्यो धर्म नभएर एउटा "पन्थ" हो | त्यसो भए किन "पन्थी" ( CULT ) हुने ?

Wikipedia:
Many omnists say that all religions contain truths, but that no one religion offers all that is truth.
Last edited: 22-Jul-22 09:38 AM
Read Full Discussion Thread for this article