Posted by: logan June 22, 2022
बिहे गर्नै पर्छ भन्ने जरुरी छ र?
Login in to Rate this Post:     0       ?        
एन सी पी ब्रो: मैले ब्रो भन्नुको कारण साझामा बोका हरुको जमातले एकले अर्कालाई हाना हान हिलो छ्यपा छ्याप गर्ने थलोमा महिलाको प्रबेस त्यो पनि बिहेको कुरा लिएर आउदा बिस्वास हुँदैन र भएको छैन | जे भए पनि धागो खोल्नु भयो , २ लाइन कोदै छु |
मैलेकोरेको धागो " म हिन्दु होईन" मा सनातन धर्म केमा आधारित छ र यसलाई कसरि एकोहोर्याइएको छ भन्ने कुरा केहि बुझिन्छ | हार्मो बिजया दशमीको सुरुवात कसरि भयो भन्दा रामले द्रबिणियन राजा रावण लाइ पराजित गर्न गरिएको यज्ञ / पुजा पाठकै आधारमा आधारित छ | महिला बर्गलाई दास र अछुत बराबर ब्यबहार गरिनु पर्ने कुरा मनुस्मृतिमा छ रे , तेसैले होला ब्राम्हण परिवारका महिला सदस्यले खुट्टाको पानि पिउने गरेको देखेको थिए | स्यानो हुदा गुरुले खुट्टा तेर्स्याई हाल्थे ढोग खान | छोराले मात्र बाउआमालाई स्वर्ग पुर्याउन सक्ने भएकोले छोरा र छोरी बीच ब्यबहारमा ठुलो अन्तर ल्याई ब्यबहार गर्दै आएकाले हामीले पनि अझै तेस्तै ब्यबहार गर्न बाट पछि पर्न सकेका छैनौ |
सामाज भनेको एउटा बिचित्रको खेल खेल्ने यन्त्रबात मानिस हरुको बथान मात्र हो | तेही कुरा आफुलाई हुदा डाको छोड्छन र कसरि त्यसको निराकरण गरे र भयो बिर्सिएर सहि सल्लाह दिनुको सट्टा खुट्टा तान्ने बाहेक केहि हुदैन तेस्माथि नेपालि महिलालाई श्रीमान को लागि सहबासगर्ने साधन , छोरा छोरी जन्माउने र हुर्काउने आदि इत्यादि मै लिखिवत रुपमा सिमित गराएका थिए | अझै पनि तेस्तै तेसै छ र फुर्सदि समय श्रीमानलाई स्वर्ग द्वार खोलिदिन पुजापाठ पछि फुर्सदि समय कुरा कटाई हालको फेसबुकि पारा मै बित्ने भए पछि तेस्ता समाज बाट उपज हुने कुरा के हुन् सक्छन पाठक बर्गले बुझी सक्नु भएकै कुरा हो |
सामाज बाट डराउने के भन्लान भन्ने डरै डरमा इच्छा र परिवार हित बिरुद्द धेरैले नगर्ने काम गरेका छन् मैले पनि गरेको छु | यति सम्म कि एउटा परिवारले समाजले थाहा पाउलान र के भन्लान भनि लागु प्रदार्थमा लागेको छोरालाइ औसधि उपचार जे गर्नु पर्थ्यो त्यो नगरी बसे : अन्तत ओवरडोज ले उनको जीबन अन्त्य भयो | यो सामाजिक डर जामाजिक बिक्रिति बाट उप्जिएर यति हाङ्गिएको छ कि बिज्ञान देखि मनोविज्ञान मा PHD गर्नेले पनि यो संजाल बाट मुक्त हुने उपाय देखेका छैनन् होला |
तेसैले तपाइँ हाम्रा बाउ आमा यो सामाजिक संजाल लाइ खुसि पार्न घर पनि बर्बाद गर्न पछि नपर्लान , तर यो चक्र एक चोटी आएर जाने पनि होईन यो भुमण्डल रहुनजेल रहनछ |

सबैले बिहे गरे भन्दैमा बिहे गर्नु पर्छ भन्ने सम्झनु सामाजिक संजाल संग जोडिएको कुरा हो भने बिहे गर्ने नगर्ने भन्ने कुरा अरुको मुख हेरे आफ्नो मुखं चलाउनु ठिक हुदैन र यो व्यक्तिगत कुरामा व्यक्ति बिसेष को निर्णयको कुरा हो |
Read Full Discussion Thread for this article