Posted by: log on June 15, 2022
amazon को ब्यापार लौरो न हतियार ..
Login in to Rate this Post:     0       ?        
अम्रिका आयको ६ महिना त सिन्को नभाची घुमेर खाइयो, कैले साली जिस्क्याउदै कैले अरु नेपाली चिक्स लाइ आँखा मार्दै . आफ्नी त बुडी परि नर्स , सिधै वोर्किन visa मा अम्रिका छिरियो म चै उसको डीपेनडेन्टमा . अम्रिका आएको तेस्रो दिन बाटै अभिमुखीकरण तालिम सहित बुडी काममा छिरी हालिन तेसैले पैसाको केहि दुखै भएन . यहाँ हरेक पन्ध्र दिनमा तलब दिने रैछ , तलबको संग संगै २० हजार डलर Sign in बोनस दियो , पन्ध्र दिन मै २० हजार बोनस र पन्ध्र दिनको तलब गरि २६ हजार को चेक हात पर्यो . पहिलो तलब direct deposit नहुने रैछ तेसैले चेक दियो .

अम्रिका आएको १७ १८ दिन मै तेत्रो पैसा हात परे पछि के गरौ र कसो गरौ भयो , तेस्माथि नेपाल बाट ल्याएको २ ३ हजार डलर समेत बैंकमा राख्न पाइएको थिएन . मेरी बुडी त नेपालमा २५ हजार पनि कमाउथिन, म चै ताल परे ५० ६० हजार नि खान्थे . नेपालमा २ ३ वर्ष कौडीको भाउमा काम गरेको सम्झेर धिक्कार लाग्यो. त्यो समय कोविडको जोखिम चै थियो तर बुढीको काम ज्यादै सजिलो . ७ रात लगातार काम गर्नु पर्ने फेरी अर्को सात दिन बिदा एंड रिपिट. हरेक १४ दिनमा तलब आउने अनि खर्च महिनाको २ हजार नि नहुने , पैसा थुप्रेको थुप्रै भयो तेसैले मलाई काम गर्नु पर्ने बाध्येता नै भएन .

६ महिना पछि लास्ट अल्छि लाग्यो अनि e -कमर्सको काम सुरु गरे घरै बाट . साथी भाईको सुझाब बाट amazon FBA FBM , ebay , जेट.com , shopify सबै तिर लागियो . face book marketplace भन्न छुटायछु . नेपालमा त म मान्छे लास्ट फार्वर्ड हो तर अम्रिका आएर चै म अलमल परे . adjust हुन समय लाग्यो . फेरी बुडीको काम गर्ने ठाउँ अति बिकट, कोइ नेपाली पनि थिएन ५० माइल ओर पर . सल्ला सुझाब दिन पनि खासै कोहि भएन , जे गर्नु छ आफै , एक्लै गर्नु पर्ने . यहाँ जमेका नेपाली हरु पनि पुरै धोति पाराका रैछन . ब्यापारको कुरा गर्यो भने तेइ ग्यास स्टोर, लिकोर स्टोर रेस्टुरा येस्तै येस्तै पुरातन बाधी सोच .

अम्रिका आए पछि गर्ने त व्यापारनै हो तर मैले चै e -कमर्सको बाटो अपनाय . श्रीमतीको बचत झ्वाम झ्वाम e -कमर्समा खन्याउन थाले . व्यापार सुरु गरे पछि दौड धुप गर्नु पर्ने भयो , एउटा गाडी किन्ने निधो गरिम . म बसेको ठाउँमा सानो सेडान गाडी काम छैन तेसैले ४ ५ वर्ष पुरानो AWD suv किन्ने विचार गरियो .

येतिकैमा बुडीको ६ महिने बोनस आयो २८ हजार ( after tax ) . अब त्यो पैसा के गरौ कहाँ लगेर सकु भन्ने हूटहुटी सुरु भैं हाल्यो . अन्तमा गाडीमा लगेर फालियो . १५ हजारको used compact suv किन्ने सहमति भएकोमा ५० हजार को नया RAM rebel किनियो . tax , market adjustment , after मार्केट पार्ट्स गरेर जम्मा जम्मी ६२ हजार पर्यो . ३५ हजार डावोन पेमेन्ट गरियो बाँकी किस्तामा अझै तिर्दै छु . श्रीमती लाइ फस्ल्यंग फुस्लुंग गरेर ६२ हजारको गाडी किनियो . उसलाई मैले येति महँगो गाडी किनेको खासै चित्त बुझेको छैन तर मेरो लागि उ लगभग जे पनि गर्छे . तेइमथि यो जागिर त मैले लाइदेको उसलाई .

केटि मान्छेहरुलाइ फस्ल्यंग फुस्लुंग पारेर काम लिन केहि गारो हुन्न तर दबाउन , हेप्न , कुट्न , पेल्न खोज्यो भने उनीहरुले तपाईको जिन्दगि नर्क बनाई दिन्छन . यो मेरो दिब्य उपदेश कण्ठ गरेर राख्नु सुखी जिन्दगिको लागि .
C O N T D ...........

Read Full Discussion Thread for this article