Posted by: pandey chor June 12, 2022
बालेन लाइ मेरो सुझाब
Login in to Rate this Post:     0       ?        
हाम्रो परिवार अम्रिकन नागरिक भएको लामो समय भै सके पनि नेपाल जाँदा हाम्रो परिवारले कुनै किसिम को सुबिधा पाउन सकेको छैन . नेपालको एरपोर्टमा हामीलाइ न कुनै सेवा छ न कुनै सुरक्छ्या . अरु यात्रीले सरह हामीले पनि सोहि लाइनमा बसेर इमिग्रेशन पार गर्नु पर्ने कहिले सम्म ?

इमिग्रेशन अधिकारीले हाम्रो पासपोर्ट देखे पछि पनि न कुनै सम्मान छ न कुनै आदर ? के अम्रिकन पासपोर्ट एतीक्कै फोकटमा आएको हो ? एसको पछाडी हाम्रो त्याग , समर्पण र धैर्येताको मुल्यांकन कहिले गर्ने ?

हामी बिदामा केहि दिन नेपाल घुम्न जादा हामीलाई सुरछ्या ( police security ) को ब्यबस्ता हुनु पर्छ कि पर्दैन ? हाम्रो नानीहरुलाई केहि भयो भने कसले जिम्मा दिने ?

नेपाल बस्दा हाम्रा नानी बाबु हरुले ओर्गानिक खानाको ब्यस्बता हुनु पर्चा कि पर्दैन ?

एरपोर्टमा हामीले पनि अन्य देश बाट आको नागरिक सरह आफ्नो luggage लिन एक घण्टा कुर्नु पर्ने हो ?

कुनै कुनै प्रहरी , अध्यामगन अधिकारीले हाम्रो पासपोर्ट देखेर सम्मान त गर्नु हुन्छ , आइस्यो , गैसियो , सलाम त गर्नु हुन्छ तर अधिकाम्शले तेस्तो गरेको पाइएन .

बालेन साहले हाम्रो लागि एस्ता कुरामा अती नै ध्यान दिनु पर्ने देखियो ?
Read Full Discussion Thread for this article