Posted by: tps2gc May 6, 2022
के नेपाल टाट पल्टी सकेको हो ?
Login in to Rate this Post:     0       ?        
बेन्दिक्त भाइ नमस्कार ! आरामै हुनहुन्छ ?

हेर्नुस न आर्थिक रुपमा अलि सबल हुन चै प्यासिव इन्कम हुने पर्ने आवस्था छ अन्यथा कित त तपाई fortune 500 वा faang को निकै माथिको कर्मचारी हुनु पर्यो नत्र संघर्षमै जीवन जान्छ .

मैले नेपालमा ब्याजमा पैसा लगाएको धेरै भयो लगभग १० वर्ष . निर्माण ब्याबसाई संग पैसा लगाउदा खासै रिस्क हुन्न . मेरो धेरै पैसा डन्डी र सिमेन्ट डीलरले चलाउछन् . डन्डी ( रड) डिलरको मारजिन लगभग डबल छ तर कम्पनिले एस्ता डिलर लाइ उधारोमा सामान झार्दैनन . एक चोटी सामान झार्दा डिलर लाइ १० देखि ३० ४० करोड सम्मको आवस्केता पर्छ . येति सबै पैसा इनिहरुसंग हुन्न तेसैले हामी संग यिनीहरुले ३२-३६% मा लिन्छन . होलसेलमा ६०/किलो मा किनेको फलाम ऐले खुद्र मुल्य १२०/किलो छ , ठ्याक्कै दोब्बर मुल्य . १० करोड लगानी गर्यो भने अर्को १० करोड सम्म अधिकतम कमाउछन . अनि यिनलाई हामी संग ३६ % मा पैसा लिन केको डर? हेर्नुस त हाम्रो पैसाले अरबपति भएका छन .

येस्तैका संगतले मैले नि अलि अलि कमाउने मेसो पाएको छु . मैले आज भन्दा १० वर्ष पहिले एक ठाउँमा ५५ लाखमा किनेको जग्गा कम्पनिको नाऊमा बैंकमा राखेर overdraft चालको छु यो revolving overdraft हो, भनाइको मतलब मलाई बैंकले १८० लाख को overdraft दिएको छ , येस्मा मैले पैसा चलाए ब्याज लाग्छ नचलाए लाग्दैन . १५० लाख जस्तो मेरो सधै पैसा चलि राखेको हुन्छ , २८ देखि ३६% सम्म ब्याजमा जान्छ . यो पैसा चलाय बापत मैले ब्यांक लाइ flexible rate ( ८-१२%) ब्याज तिर्छु ,बजारको ब्याज र बैंकको ब्याज बीचको भिन्नता चै मेरो नाफा . जग्गामा लगानी गेरको कारण जग्गाको भाउनि समय अनुकुल बढ्ने नै भयो .

यो एक किसिमको नेपालमा retire फन्ड जस्तै हो मेरो लागि आफै automate त नभनौ semi -automate तालले चलि रहन्छ . २ ३ वर्षमा निस्केको नाफाले सस्तो खालको जग्गा किन्छु नत्र फेरी पुन लगानी हुन्छ .
आफु अम्रिकामा बसिने भएकोले calculated रिस्क मात्र लिन्छु , आफुले बेहोर्न सक्ने जति मात्र नत्र पैसा ब्याजमा पैसा माग्नेको कमि छैन नेपालमा किनकि ब्यन्किंग कर्जा झन्जटिलो छ त्यहाँ .

तपाईलाइ थाहा छदै छ मेरो tesla मा ज्यादै राम्रो भएको हो तर क्रिप्टोमा ऐले फiसी राखेको छ dollar cost averaging गर्दा गर्दै पनि २२% loss मा छु , घट्ने क्रम जारि छ . अब म एक वर्ष क्रिप्तोको पोर्टफोलियो हेर्दा नि नहेर्न सोचमा छु , हेर्योकी कागती चपाको जस्तो मन कुडिन्छ . ठिकै छ , you cannot be successful everywhere एंड everyday is not Sunday , because someone lose money on the stock you bought that's how you made money and vice versa .

tesla मा पैसा कमाउने अझै पनि भरपुर पोटेनसिएल देक्छु , स्टक buyback गरुकि जस्तो लाग्छ तर प्रियंका कार्कीको पछाडी हाम्रो नास भाई झुन्डिएको जस्तो twitter को पिछे यो एलोन मस्क झुन्डिएको देख्दा कहिँ गएर crash गराउछ जस्तो लाग्छ . ASPERGER हुने मान्छेले के गर्छन अनुमान नै गर्न सकिन्न .
Read Full Discussion Thread for this article