Posted by: logan April 22, 2022
कसको पछि को लागेको छ ?
Login in to Rate this Post:     0       ?        
बालक हरुले आमा बाउ तथा माया देखाउनेका पछि लाग्छन | जनताले एउटा एउटा राजनीतिक पार्टीको बिल्ला भिर्ने पर्छ नत्र गाउ घरमा बाच्न पनि दिदैनन तेसैले कसैको पछि लाग्ने पर्यो | मेरा कजनले खेतीपातीका लागि राखेका हेल्परलाई एक पछि अर्को लाइ भगाई दिन्छ , छुटाई दिन्छन | मेरा कजन मात्र बिचरा होईन त्यो हेल्पर हुने झन् महा बिचरा हुन्छ | न त राजनीति नै बुझेका छन् "गरिब जति सबै कम्युनिस्ट हुनै पर्ने किनकि गरिब कांग्रेस हुने सक्दैन" एउटा पार्टि समाउने पर्ने बाध्यता छ | गाउले नेताका ब्यक्तिगत आचरण र ब्यबहारले कठपुतली नै बनाउछन र नाचिदिनु पर्ने अबस्था बाट कहिलै मुक्ति पाउदैनन | कृष्ण प्रसाद झोली बोकेर हिड्ने कुमार त भन्न मिल्दैन एकल व्यक्ति का पछि हातमा गन्न सकिने थिए होलान | बिस्वेसर र गिरिजाको पछि लाग्ने राम र कृष्ण जुम्ल्याहा लाइ खोटाङ्ग को सैनिक ब्यारेक हान्न पठाइ गिरिजाले साइड लगाए ( सहिद बने न बनुन कसरी १० - २० जनाको जथ्थाले ब्यारेक हानिन्छ र ?) | यिनैका पछि लाग्ने हरुले हवाई जहाज हाइ ज्याक गर्ने भक्त हरु यिनको मृत्यु पछि गिरिजाको छोरी पछि लागे र लाग्दै छन् | किन ?
धर्म को त कुरै नगरौ | को हि को हि साडेको पछि लाग्ने स्याल झैँ पनि देखिन्छ भने पछ्यौटे बनाएर वाहि वाहि लिने को संख्या अशंख्य छ | बुद्दका पछि लाग्ने हरु तिनका पछि लागेकी तिनका बिचारधारा तिर लागे बन्ने सोचाइ कुखुरा पहिले आयो कि अण्डा पहिले आयो झैँ हुन्छ |
यो पछ्याउने बिषय (philosophy) बारे जान्ने इच्छा जागेर आयो , जानकारी गराउनु हुनेहरुलाइ अग्रिम धन्यबाद टक्र्याउछु |
Read Full Discussion Thread for this article