Posted by: Bennedict April 14, 2022
i owe 32 K to IRS :(
Login in to Rate this Post:     0       ?        
या त मैले कुरा नबुझेको हो या मैले कट्टुजीलाई कुरा नबुझाउन सकेको हो, अब साझाको जो-कोहीले भन्न सक्छ होला, जसले बर्षमा $२७५,००० कमाउने सामर्थ्यता राख्न सक्छ उसको लागि $३२,००० तिर्नु भनेको कुन ठुलो महाभारत होला? कस्तो अजिब कुरा होला हो? तपाईंले पि एच् डी गरेको युनिवर्सिटिमा सेमेस्टर शुल्क कती लाग्थ्यो बिचार गर्नु भएन कहिले? हुन त तपाईं स्कोलरशिपमा आउनुभो होला तपाईंलाई टुइशनको त मतलब भएन, तर तपाईं यत्तिका कमाउने मान्छे ले छोरा छोरी त पब्लिक स्कुलमा छैनन होला नि हैन? पैसा तिरेर पढाउनुभैराको होला नि हैन र? स्कुल फी तिर्दा चै यस्तो बिचार आएन होला त?
फेरी तपाईं यता गर्‍यो उता गर्‍यो, तपाईंको स्यालरीको प्रसँग उठाइहाल्नुहुन्छ हो। तपाईं कमाउनुस्, तपाईंको १० बर्ष + ल्याबको अनुभवको फाईदा उठाउनुस् तर कुरा, तर्क चै किन $३०,००० प्रती बर्ष कमाउने मान्छे जस्तो गर्न हुन्छ हँ? तपाईंको बुढीलाई अहिले पो नयाँ प्रोजेक्ट देको छैन होला, लास्ट एयर त पुरा प्रोजेक्ट्मा बिजी भई वरी टन्न गाँठ पेल्नु भयो होला त हैन? बुढा-बुढीको स्यालरी जोड्नुस्, तपाईंको स्टकको लगानी जोड्नुस्, १ लाख को खर्छ छ भन्नुभाको छ, नयाँ गाडी किन्नुभो हैन? अनी $३२००० फिर्ता मागेको कुनै अच्चम्म चाँही सुनिदैन होला हो। तपाईंको कुरा सुन्दा त तपाईंको परिवारमा सरप्लस मात्र भाको देख्छु, तर नगद क्याश नहोला त्यो अर्कै कुरा हो, तर चल्-अचल अस्सेट त छन हैन र?

र अर्को कुरा, बर्गर फ्लिप गर्दा गर्दै झुटो रेजुमे देखाएर IT छिरेको मान्छे भनेर चै किन यत्रो अरुलाई निचा देखाउन खोज्न हुन्छ हँ तपाईं? काम भनेको ठुलो सानो हुन्छ र? तपाईंको मनपर्ने माओवादी चै के गरेर राजनीति / सत्तामा आए यसो बिचार गर्ने हो कि? यत्रो पढेर, ठुलो जागिर गरेर त तपाईंको सोच पनि ठुलै हुनुपर्ने हैन र?
Read Full Discussion Thread for this article