Posted by: kattu tiwari April 14, 2022
i owe 32 K to IRS :(
Login in to Rate this Post:     0       ?        
तथ्यलाइ बंग्याएर हजुरले दिउसै रात पार्न खोज्नु भएछ। मैले कुनै प्रसङ्ग बस बार्षिक ३०० k सालाखाला कमाईले क्यालिफोर्नियाको मेट्रो एरिया छेउछाऊ ठिकै ( राम्रै) खालको जिन्दगि जिउन सकिन्छ कि सकिन्न भन्ने खालको प्रस्न सोदेको थिए । मलाई मेरो अध्यनको बिसए, गाडी मर्मत संहार ,अलि अलि स्टक र छिट फुट अरु बिसाए बाहेक केहि कुराको राम्रो ज्ञान छैन। तेसैले उक्त प्रंस यहाँ राखेको थिए र धेरैले राम्रो सुझाब पनि दिए ।

म बर्गर फ्लिप गर्दा गर्दै झुटो रेजुमी देखाएर IT छिरेको मान्छे होर यहाँ आएर येति कमाउछु, उति कमाउछु भनेर उफ्रिनु ? नया नया जोगीले धेरै खरानी धसे जसरि। मेरो त १०+ वर्ष ल्याबमा काम गरेको अनुभब छ । फेरी यहाँ कुरा उठी हाल्यो पैसाको तेही प्रसङ्गमा अर्को कुरा थप्छु, म बिगत केहि समय देखि तनाबमा छु तेही भएर साझा छिर्न नि भ्याएको छैन । कुरो के भन्दा मैले 275K मा एउटा राम्रो कम्पनिमा contract साइन गरे तर अर्को startup ले मलाई ४०० K अफर गर्यो उक्त कुरा बुडीलाइ सुनाउनै पर्यो , कुरो के सुनाको थिए बुडीले मलाई आजै अहिलै धेरै पैसा दिने कम्पनि संग contract sign गर भनेर बस्नु खानु दिइन । start up कम्पनिका आफ्नै किसिमका चुनौती हुन्छन , कामको चाप हुन्छ , भबिस्य सुनिस्चित नहुन नि सक्छ। येति कुरा कन्विंस गर्न मलाई एक महिना लाग्यो।

मेरो बुडीलाइ मैले नया प्रोजेक्ट गर्न देको छैन, नेपाल जाने कुरो छ एक वर्ष जति । उसले IT बाट कमाको पैसा महँगो गाडी किनेर सकी ( paid off ) । म त ५ ७ हजार भन्दा बडी पैसा कैले राख्दिन इन्भेस्ट गरि हाल्छु नत्र बुडीले फजुल खर्च गर्छे । tax तिर्न १० १२ हजार राखेको थिए त्यो पनि खस खस भएर कृप्तोमा हाले आदा पैसा, त्यो पनि फसेको छ । tax deadline आइसक्यो ३२ हजार जुटाउन पनि सकस भयो यसपाली । समरमा घर सर्नु छ , परिवारलाइ नेपाल पठाउनु छ , १ लाख हाराहारीको खर्च छ , गाडी बेच्नु पर्ने छ पैसा निकाल्न .
Read Full Discussion Thread for this article