Posted by: kattu tiwari March 21, 2022
नेपाली देख्योकि डर लाग्छ
Login in to Rate this Post:     0       ?        
क्यम्रीको कुरा चै सहि भन्नु भयो, यो क्यम्रीमा मैले के के प्रयोग गरिन ? जे गर्दा नि बिग्रिन्न हो, अब हेलिकप्टरबाट फ्याल्न मात्र बाकि छ । प्रबिधि होस् त जपानिज़ । यो बिग्रे पछि अर्को गाडी किन्छु भनेको नबिग्रेनी भयो 45०० मा बिक्रि भयो अब नया गाडी किन्छु , क्यालिफोर्निया सिफ्ट हुने वाला छु ।

स्यालरीको धाक लगायो भन्नु भयो , म त अन्डरपेड हो । मैले ७ ८ वर्ष मेरो छेत्रमा काम गरेर पनि भक्खर २०० K + gross गरेको छु , मेरी स्वास्नी 5 महिने IT तयारी ( you tube सेल्फ learning ) गरेर ८० ९० खाने तयारी मा छे । पहिले पनि २ हप्ते तालिम गरेर ४० ४५ हजार त घर बसी बसी कमाकी हो । कैले कहिँ त यी नक्कली IT वालाको बोलवाला देखेर डाह लाग्छ । तर फेरी सोच्छु , म जस्तो मान्छे के यी नक्कली engineer संग तुलना गर्नु । मलाइ त जुनै फर्मा कम्पनिले " हजुर हाम्रोमा आइदिनु पर्यो " भनेर कुरेर बसेका हुन्छन, अपबाद बाहेक यी IT वालाको न जागिरको टुंगो न रोजगारीको सुनिस्चितता ।

सापटीको कुरामा चै म अलि नरम छु , कसैले माग्यो भने नाइँ भन्ने नसक्ने तेइ भएर ३ ४ ठाउँमा फसेको छु, मेरो डरको कारण पनि येही हो । फेरी सापटी मागेर मलाई आज सम्म कसैले आफै फर्काको याद छैन , डरको कारण यो पनि होला
Read Full Discussion Thread for this article