Posted by: logan March 21, 2022
नेपाली देख्योकि डर लाग्छ
Login in to Rate this Post:     1       ?         Liked by
तिवारी ब्रोलाई घच्ची जबाफ दिन मन लाग्यो |
आफ्नै कुरा एक धागो पछि अर्को धागोमा पुगेर कुरा जुध्छन तल्लो तहमा पुगेर भन्ने हो भने पानीमा पाधे जस्ता कुरा भन्दा फरक पर्दैन | पुरानो क्याम्री मा तेल छानेर कारमा हाले नै अपत्यारिला कुरा सुन्नु पर्यो जसले कार बिसयमा कतिको जानकारी छ भन्ने कुरा ऐना झैँ देखाई सक्यो भने पुरानो गाडीमा टर्बो राख्ने कुरा सुन्दा हुटिट्याउले सागर थापेको खोकाइ झैँ नै थियो |
भरखरे मात्र हो बहु सख्यक छ - फिगर कमाउने कुरा संसारलाई भन्दै हिड्ने संग नमागे हामि जस्ता ससंग माग्न आउछन् र ? कसरी सुघ्न पुगे साझाको तिवारी ब्रो, यिनै हुन् भनि चिनेका त्यो पनि नया नया ठाउमा सरेको महिना दिन काटन नपाउदै
? कहिँ छोरा छोरी वा ब्रो बुढि ले फैलाएका त होइनन ?
माग्दैमा डराउनु पर्दैन , सापटी दिएको भए चै डराउनु पर्थ्यो र पर्छ |
ब्रोले ब्रोको बुढिको कारलाई EV बनाउने कुरा कहिले लेख्लान भनि साझा चिहाउने मात्र हैन सुकुल गुण्डा बिछ्याएर बसेको थिए र छु |
बुढा बुढिको भनाइ छ नि " रोटि चिल्ला मिठा , कुरा खस्रा मिठा" मैले यही उखान सम्झदै २ - ४ लाइन कोरेको हु है ? धागो लाइ पनि तन्काउनु पर्यो नि ? होइन र ?

Read Full Discussion Thread for this article