Posted by: Bennedict March 17, 2022
What is your "pir" about Nepal after watching "pir?"
Login in to Rate this Post:     0       ?        
कट्टुजी,
तपाईंले यस्तो दलील त दिनुभो, तर सिक्काको अर्को पाटा पनि हेर्ने हो कि?

# काठमांडौ खाल्डोको माटो सुन हुन को कारण तपाईंकै माओवादीले निम्त्याएको हिंसाको फल हो कि? राजनीतिसँग केही लेना देना नभको मान्छेहरु बिस्थापित भएछी बसाई सरेर कता जाउन त? ज्यु-धनको सुरक्षा त सबैले खोज्छन होला नि हो।
# तपाईंको सदर्मुकामको कुरा गर्नुभो, अब पक्कै पनि माओवादीसँग तपाईंको परिवारको साँठगाँठ रहेको त तपाईंले भन्नुभो, कुरा त बुजिन्छ नै, तपाईंको जिल्ला, सदरमुकाममा माओवादीको रोहबर रहेर त्यहा के कस्तो उपलब्धी दिए होलान हैन? माओवादीको आसे पासे रहेका तपाईंका जिल्ला म त जग्गा-जमिन को भाउ आकाश चुलियो होला नि।

तपाईंको जिल्ला, सदरमुकाम र राजधानी काठमाण्डौ मात्र के पुरै नेपाल हो त? तपाईंको कुरा "कुवाको भ्यागुता" जस्तो भो होला हो। नेपालका सुदुर भेग, बिकट क्षेत्र पुग्नुस्, हेर्नुस्। हो म आँफै पुगेको छैन तर पनि माओवादीले गरेको हिंसा ले के कस्तो प्रतिफल ल्याए हेर्नुस्, सोच्नुस्। काम्-बिशेषले एक्चोटी बाजुरा चै पुगे अनी मैले देखे तपाईंको माओवादीले मच्चाएको ताण्डव, यो सबै माओवादी भूमिगत हुँदै को कुरा, एयर पोर्टमै बमब्लास्ट भएर ध्वस्त, दिनभर छिन् छीनमा बन्दुक र् बम्ब पड्काको आवाज। अनी? हुने खाने कहाँ जाउन? नसक्ने, निरह, निहत्था बाजुरा बासी बिचरा तेही थिए त्यो सब सहेर, अबुज बनेर। बैचारिक रुपमा सामन्ती शोषकबाट के मुक्ती दिलाए भन्नु? जब कि झन नयाँ खालको सामन्तबाद र "जसको शक्ती, उसको भक्ती" भन्ने पाठ सिकाएर गएका छन तपाईंका माओवादी भन्नेहरुले, नत्र तपाईंको माओबादी पछी आएका वाइ सी एल के के हो पार्टी पनि खडा भएका थिए कुनै जमाना, याद छ होला नि हैन? अनी माओवादीको आसे पासे धनी भए भनेर त खुद तपाईंले स्विकार्नुहुन्छ हो, अनी तेही हो? समानता भनेको? प्रचन्डले पद मुक्ती पछी पनि किन भव्य घर, सुबिधा सेक्युरिटी, घरमा काम गर्ने मान्छे खोज्दै बसेको त? जनताको नेता भनेको तेही हो?

माओवादी कालखण्डले उन्नती चै हैन, एउटा कालो ईतिहास चै दिएर गएको छ नेपाललाई, तपाईं जे भन्नुस्। जात भात, दलित, आदी त पहिलेदेखी चलिरहेका बादबिबाद थिए, माओवादीले यि कुराहरुलाई हतियार बनाएर मान्छे को ब्रेनवाश गर्न चै खोजेको हो। अनी पुरा बिश्वबाट यस्तो कुराहरु हटिरहेका बेला कुनै माओवादी आएर नेपालीहरुलाई निन्द्राबाट उठाउनुपरेको चै केही नहोला हो।
Read Full Discussion Thread for this article