Posted by: Bennedict March 16, 2022
What is your "pir" about Nepal after watching "pir?"
Login in to Rate this Post:     0       ?        
मिस्टर कट्टु, तपाईं एक पूर्व माओवादी लगानी कार्यकर्ता / समर्थक भन्नुभयो। 

"40 हजार लडाकु मध्ये १६ हजार सरकारी सेवामा प्रबेस गरे , १० हजारले जनही १० लाख लिएर बिदा भए । गैर लडाकुहरु राजनीतिमा लागेर मालामाल भएका छन् ।" 
 यो माथि भनिएका कुराहरुको स्रोत कताबाट आएको हो, प्रस्ट गर्नुहुन्छ कि? १६ हजारले कस्तो सरकारी सेवामा काम गरेका हुन? १० हजारले १० लाख प्रतेकले लिएका होलान त? आनन्द नेपालजी, तपाईंले यी कुराहरुको बारेमा केही भन्नुहुन्छ कि? 

"माओबादी कालखण्डमा मेरो परिवार स्वयमको सम्पति १० गुणाले ब्रिदी भयो होला ।" 
यो लाइनले चै मलाई रिस उठ्यो, माफ पाउ होला। तपाईंले भनेको जस्तो सामन्ती शोषकहरुको सम्पत्ति कब्जा गरेर लडाकुहरुलाई दियौ भन्नुभाको छ अनी यहाँ चै आफ्नै सम्पत्ति १० गुणा बढ्यो रे। तपाईं "सो कल्ल्ड" लडाकु कि "सेल्फ क्लेम्ड" लगानिकर्ता के हो? बुझी पाउ होला हजुर। "गैर लडाकु" मा आफु गनिनु हुन्छ भने राजनीतिमा लागेर त तपाईंले खुब ठुलै उन्नती गर्नु भाको रहेछ, ल बधाई छ। हो तपाईं जस्तो "सुडो न्याश्नलिस्ट" हरुले गर्दा हो देशको अवस्था यस्तो भाको होला। यहाँ त चोरको खुट्टा काट भन्दा खुट्टा लुकाको जस्तो भो हो। तपाईं मात्र हो, जसलाई यो गीतले बिझाको जस्तो लाग्यो नत्र यत्तिका भ्युज त हुन्न थियो होला नि हैन? आफु अमेरिका अनी आफुले फलो गरेको पार्टिको बिपक्षमा कोही बोल्दा चै तपाईंलाई यस्तो लेख्न मन भयो? अजीप छ बा।

सोच्नुस् तपाईंको सम्पत्ति १० गुणा बढेर अरु असक्षम, निमुखा, राजनीतिमा नलागेकाहरुको हालत के भो होला? माओवादीहरुले सामन्ती प्रथा हटाएका हुन कि नयाँ सामन्ती सोच शुरु गरे, बिचार  गर्नुस्। तपाईंको १० गुणा बढ्यो होला, १० गुणा घट्नेको के हालत भो होला? कोही भिखारी हुनु, गरिप हुनु, यौन कर्मी हुनु के कुराको बाइ-प्रडक्ट हुन त? 

Last edited: 16-Mar-22 08:04 PM
Read Full Discussion Thread for this article