Posted by: kattu tiwari March 16, 2022
What is your "pir" about Nepal after watching "pir?"
Login in to Rate this Post:     0       ?        
म एक पूर्व माओबादी लगानीकर्ता / समर्थक भएको कारणले मलाई यो गीतको कनसेप्ट, एसले दिन खोजेको संदेश प्रति घोर आपत्ति छ । येदि म गलत छुइन भने यो गीतले दिन खोजेको संदेश भनेको " माओबादीमा लाग्ने लडाकु कर्येकर्ता भिकारी, यौनकर्मी , गरिब, असक्त " आदि भए भन्ने हो ।

तर अधिकांस लडाकु, कार्यकर्ता को जिन्दगि राम्रै भएको छ । यो बिचमा हामीले धेरै सामन्ती, सोसक, सरकारको सम्पति सम्पति कब्जा गर्योउ अनि त्यो सम्पति उनीहरु लाइ दियोउ । 40 हजार लडाकु मध्ये १६ हजार सरकारी सेवामा प्रबेस गरे , १० हजारले जनही १० लाख लिएर बिदा भए । गैर लडाकुहरु राजनीतिमा लागेर मालामाल भएका छन् । झापाका दुर्गा प्रसाई एसका एक उदाहरण हुन्। उनले मात्र १० अर्ब जति सरकारी माल लुटेका छन् । सबै लडाकु हरु कुनै न कुनै लुटपाटमा संलग्न भएका छन् , त्यो क्रममा उनीहरुले धेरै धन माल हात पारेका छन् ।

समग्रमा भन्ने हो भने माओबादी युद्दले माओबादी नेता, लडाकु, कार्यकर्ता र तिनका आसे पासे बाहेक कसैलाइ फाइदा भएन । माओबादी युद्ध पहिले पनि नेपाली चेली भारतमा बेचिन्थे , श्रमिक श्रम गर्न खाडी मुलुक जान्थे । अपबाद बाहेक मैले कोहि माओबादी जनसेना वा कर्येकर्ता उक्त भिडियोमा भने जस्तो दरिद्र हालतमा देखेको छैन । माओबादी कालखण्डमा मेरो परिवार स्वयमको सम्पति १० गुणाले ब्रिदी भयो होला ।

तेसैले उक्त गीत कपोकल्पित, भ्रामक छ । बरु हो , कुनै पार्टी बिसेसको सट्टा समग्र देशको आवस्था तेस्तो छ भन्न खोजेको भए राम्रो हुने थियो ।
Read Full Discussion Thread for this article