Posted by: kattu tiwari March 15, 2022
बिछोडको पिडा
Login in to Rate this Post:     0       ?        
३ वर्षको अन्तरालमा मेरो अबिभाबग अम्रिका आउनु भयो , यो पालाको बसाई लामै भयो लगभग ३ ४ महिना नै भयो । अब वहाहरु जाने दिन नजिकिदै छ । वहाहरु यहाँ बस्दा सामान्य जस्तै लाग्थ्यो तर जब वहा जाने दिनहरु गन्न सुरु हुन थाल्यो मनमा तिक्तता, खिन्नता र खालीपनको महसुस हुन थाल्यो । संगै बस्दा सानो तिनो कुरामा साधारण भनसुन, ठाकठुक हुने नै भयो, तर ऐले समझदा किन बेक्कारमा वहा हरु संग ठुलो स्वोरले बोले होला भन्ने कुराले ग्लानी हुन्छ । वहाहरुलाइ एरपोर्टमा बिदाई गरेर आए पछि घरमा हुने सन्नाटाको कल्पनाले सम्म मनमा तिक्तता आउछ । वहाहरु ३ ४ महिना बसुन्जेल घरमा सन्नाटा कहिले छाएन, सधै गाईगुइ, सान्तिनो हो हल्ला , वहारूहरुकै लागि भए पनि कहिले फ्रीजको बासी खानु परेन, वहाकै लागि भए पनि you tube tv मा नेपाली समाचार, कार्येक्रम हेर्ने गरिन्थ्यो । पुरानो थियो, थोत्रो थियो तर घर साचै घर जस्तै भएको थियो ।

केहि दिन पछि वहाहरु लाई बिदाई गरेर एरपोर्ट बाट एक्लै फर्किनु पर्ने छ । घर छिरे पछि त्यो होहल्ला सुनिन पाइने छैन । घरमा BMC , नेपाली मसलाको सुगन्ध बिरलै सुघ्न पाईने छ। बच्चालाइ घरमा छोडेर एक्लै निस्फिक्री हिड्न पाईने छैन । You toube का search history मा असरल्ल नेपाली कार्यक्रमका लिस्टले वहाहरूलाई खोजि रहने छ । बाउ आमाका केहि कपडा र अन्य सामान घरमा छन् , उनीहरु गए पछि तेइ कपडा र सामान मीलाउदा फेरी उनीहरुको सम्झनामा मन भारी हुने छ ।

मलाई ३ हप्ता देखि वहाहरु जानुहुन्छ भन्ने कुराले ज्यादै नराम्रो लागि राखेको छ ,मेरो दैनिकीलाइ प्रभाब पारी राखेको छ । सोच्छु, बुढा बाउआमा तिई पर नेपाल जादा त एस्तो पिडा हुन्छ, ति मान्छे जसले अकालमा आफ्नो छोरा,भाई श्रीमती या अन्य कुनै परिवारका सदस्य सादाकालागि गुमाउदा कस्तो हुदो हो? पलपल मरेर उनीहरु कसरी बाँचेका होलान ? खिन्नता झनै तिब्र भएर आऊछ ।
Read Full Discussion Thread for this article