Posted by: kattu tiwari February 24, 2022
Moving California with gross annual income under 200k
Login in to Rate this Post:     0       ?        
साथीहरुको कुराले त म झन् हतास भए, संफ्रंसिस्कोमा " राम्रै गरि " नट " एकदम राम्रो गरि " बस्न ४००K -500K नै चाहिन हो र ? येत्रो पैसा कहाँ बाट ल्याउनु यार ? ठ्याक्कै भन्दै मेरो ऐलेको जब अफर १७० k को हो , अलि अलि contract negotiation गर्यो भने ५-१० % माथि जान्छ कि भन्ने आशा छ तर ग्यारेन्टी छैन । फेरी यो रेट २ वर्ष लाइ लक् हुन्छ तेस्पछि मात्र मेरो base pay २२० k हुन्छ भेनेर लेखेको छ ।

मेरी स्वास्नीले काम गरि भने पनि ४० ४५ K भन्दा माथि ल्याउने छाँट गाँठ छैन । त्यो पनि ऐले covid को बेला घरै बसी बसी IT (QA BA ) येस्तै ज्याला दारी काम गरेर मात्र हो । WFH सकिए पछि तेती जाबो पैसोको लागि बाल बच्चा भएकी आइमाई लाइ ज्यालादारी काम गर्न आफ्नो घर भन्दा पर पठाउने कुरो पनि भएन ।

आफु थोत्रो गाडी र पुरानो जुत्ता भिरेर हिडे पनि परिवार लाइ बिगत ५ वर्ष देखि ठिकैको जिन्दगि दिएको छु , अब त्यो ठिकैको जिन्दगि बाट तल खस्किन दिनु पनि भएन , ३००० को २ bedroom मा लगेर थन्क्याउनु पनि भएन । समस्या यहाँ निर छ ।
Read Full Discussion Thread for this article