Posted by: Surendra Shakya February 16, 2022
Login in to Rate this Post:
1
?
Liked by
ब्लुम नेपालको जग बसाउन सुरुका दिनदेखि विभिन्न व्यक्तिले योगदान दिएका
छन्। ती सबै व्यक्तिलाई सम्झिन चाहन्छन् उनी। संस्थापकमध्येका अजित पोखरेल र
अजय श्रेष्ठ स्कुलमा अहोरात्र खटिरहेका छन्। पछिल्लो समय सूर्य कार्की र
शिक्षाविद् रवीन्द्र महर्जन ब्लुम नेपालसँग जोडिएका छन्। उनी रवीन्द्र
श्रेष्ठ र राजेन्द्रसिंह विष्टको योगदानलाई पनि उत्तिकै सम्झन्छन्। सुरुमा
पाँचजनाको समूहबाट स्कुलमा काम सुरु भएको थियो। लामो समयसम्म त्यही समूहले
काम गरेको थियो। सूर्यले युडब्लुएस फाउन्डेसनबाट ३० वटा सामुदायिक विद्यालय
निर्माण गरेका छन्। सामाजिक काममा सक्रिय रवीन्द्र महर्जन शिक्षा तथा
सामाजिक विकास क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका छन्। ‘हामी स्कुल
संस्थापकमा देशका लागि केही गर्नुपर्छ भन्ने सोच छ। हामी व्यक्तिगत
नाफाघाटा भन्दा पनि बालबालिकालाई कसरी गुणस्तरीय र सिर्जनात्मक शिक्षा दिने
भन्नेमा केन्द्रित छौं,’ उनले भने।""
https://nagariknews.nagariknetwork.com/others/173048-1552107960.html