Posted by: logan February 15, 2022
Our parents generation are walking cash cows!
Login in to Rate this Post:     1       ?         Liked by
छैटौ वा सातौ कक्षामा हुदा सुनेएका होलान र सुनाउनु को मुख्य कारण चै हाम्रो हिम्मत बढाउन को लागि हुनु पर्छ | लाटी र अन्धिले लेखन पढ्न सकने हुनु भनेको आठौ आस्चर्य नै मान्नु पर्यो |
सम्म्पति जोडने काम आफ्नो लागि गरिने भए अथाह सम्पत्ति जुटाई रहनु पर्दैन थियो | बाउआमाले लिएको पैत्रिक सम्पती बाहेक अरुमा छोरा छोरीको हक लाग्ने छैन बन्ने नेपालि कानुन छ भन्ने सुनेको छु | त्यस्तो अबश्थामा छोरा छोरी हरुले अंश दाबि गर्न पाउने छैनन् र उनीहरुको इच्छा पत्र अनुसार कसैलाइ पनि दिन सक्नेछन |
हामी हरुले नया नया संस्कार अगाल्दै छौ तेस मा बाउ बाजेको सम्पत्ति मेरो होईन मैले पसिना बगाउनु पर्छ , ,मिहिनेत गर्नु पर्छ ( सुनको तक्मा को पात्रले झैँ ),आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने सस्कार चै लिन सकेनन |
सकुन कसरि छिमेकीको जग्गा हात होईन इन्च मात्रै मिचन पाईए तेश्रै महायुद्द जिते झैँ हुन्छ | मेरो कजन्को १८ आनामा अनिले १३ आना मात्रै बाकि छ, यस्ता मिचाईमा पर्ने हरु लाखौ मा छन् |
हुनत हाम्रा घुस्याहा राजनीतिज्ञ हरुले कानुन बनाउदा मिचिनेलाई भन्दा मिच्ने प्रति ठुलो बफादारिता देखाएको छ | मिचेर घर बनाए पनि मिचीए जति को मूल्य सट्टा भर्ना पनि नदिने कानुनलाइ के भन्नु हुन्छ | धेरै कुरा नबुझेका र ठग ठाग नियति , सहि र ठिक को बारेमा आखा चिम्लने, घुस खाएका र तिनका सन्तान दर सन्तान पनि तेसै होलान (?) यो प्रश्न बाचक चिन्हले धेरै कुरा छुन्छ, तेसैले मेरा बाउआमा , हजुरबा लाइ तैले घुश्याहा भनिस भनि दाह्रा नकिटनुस | यो लेख मात्रै हो पढेर एक चोटि कुल्ला गरिदिनुस| सुन्ने कुरा भए एक कानले सुन्नुस अर्को कानले उडाउनुस भन्न हुन्थ्यो |
आजकलका हरुले नसुनेको र नाबुजेको भए पनि "ऋणम कृत्वा घ्रितमा पिवेत" लाइ खुबै राम्ररि प्रयोग गरेका छन् , यिनले नगरे कसले गर्ने त ? छोरा छोरीकी लागि जम्मा गरिदिने गरेका छौ | अरु टाढा किन जानु मेरा कजन को दशौ करोडको सम्पति जोडेर परलोक पुगे, लिएर गएनन् ,मोज गर्ने त छोरा छोरी नै भए |
छोरा छोरीको लागि, बाउ आमा भनेका सुनका अण्डा दिने मनचिन्ते भाडो जस्तै हो, झिकी राख जब सम्म ऐया आथ्था गर्दैनन् | कोर्न पाइयो भनेर मैले त ओल्लो छेउ देखि पल्लो छेउ बाकट हानु पुगेछु तेसैले जुन जुन छेत्र पुगे त्यो चै तपाइँ संग मिले झैँ लागे ठिकै भन्यो भन्नु होला , नलागे घर परिवारमा नपोख्नु होला |
Read Full Discussion Thread for this article