Posted by: AnandNepal February 10, 2022
भारतमा बेश्यालय खोल्ने जंगबहादुरकी छोरी, डम्बरकुमारीको बारेमा कसैलाइ थाहा थियो ?
Login in to Rate this Post:     1       ?         Liked by
भिडियो शेयर गर्दा स्पाम गरेको जस्तो हुने भएको ले शेयर गरेको छैन -- 
त्यस्को स्क्रिप्ट मात्रै शेयर गरेको छु है!! 

खासमा ... डम्बरकुमारीले बनारसको दाल मण्डीमा खोलेको वेश्यालय को कारण यता नेपालमा प्रधानमन्त्री बनेका जंगबहादुरको ठूलो बेइजेती भएको थियो रे। 

 तेसैल उनलाई कुनै पनि तरहले नेपाल फर्काउन जंगबहादुर खुबै ठुलो कसरत गरेका थिए। बिभिन्न मानिसहरु पठाएर झिकाउन खोज्दा पनि उनी नफर्केपछि जंगले आफ्ना भाइ जनरल धीरशमशेरलाई नै आदेश दिएर पनि पठाएका थिए। तर, धीरशमशेरले समेत उनको ब्यबसाय बन्द गरेर नेपाल फिर्ता ल्याउन सफल भएनन्। बनारसको दाल मण्डीमा उनले चलाको कोठी राम्रै चलेको र उनी त्यो ब्यबसाय छोडेर नेपाल फर्कन राजि थिइनन। जंगबहादुरले ठाने पछि जसरी पनि गरेरै छोड्ने बानी आँफ्नी छोरीको ममलामा पनि सफल भएको देखिन्छ - उनले अनेक तिकडम गरेर भए पनि छोरीलाई नेपाल फर्काउन लगाउने नै भए। बारम्बार नेपाल फर्काउन खोज्दा पनि उनी नेपाल फर्कन नमाने पछि जंगबहादुरले राजपुरोहित वामदेव पण्डितलाई सबै तयारी गरेर त्यता पठाए। त्यस अघि आँफ्नै काका आएर फर्काउन खोज्दा पनि नमानेकी डम्बरकुमरी राजपुरोहितले भन्दैमा के फर्कन मान्थिन। तर, सोझो औण्लाले घ्यू आउँदैन भन्ने बुझिसकेका जंगबहादुरले राजपुरोहित पण्डितलाइ त्यतीकै बोलाउन मात्र पठाएका थिएनन - उनले त त्यहाँको अबस्था नै परिवर्तन गराएर डम्बरकुमारीलाइ नेपाल फर्कन बाध्य पार्ने सम्पूर्ण तयारी गरेर पठाएका थिए तेसैले त्यहाँ वामदेव पणिड्तले स्थानिय प्रहरीला लगाएर डम्बरकुमारीले संचालन गरेको कोठीलाइ नै बन्द गरिदिए, उनले त्यहाँ बसेर ब्यापार नै गर्न सकक्ने अबस्था पारि दिए। यस्तो चेपुवामा परे पछि बाध्य भएर डम्बरकुमारी नेपाल फर्केकी थिइन । ब्यापारिक सोच भएकी डम्बरकुमारीले नेपाल फर्कने बित्तिकै आँफ्नो ब्यबसाय सुचारु गर्ने सबै तयारी गरेर नेपाल फर्केकी थिइन। उनले नेपालमा वेश्यालय संचालन गरिन कि गरिनन भन्ने त कुनै ऐतिहासिक तथ्य उपलब्ध छैन तर राजपुरोहित वामदेव पण्डितले डम्बरकुमारीलाइ फर्काएर ल्याएको र उनी नेपाल फर्केर आउने क्रममा नेपालको सरहदभित्र आइपुगेको अघिल्लै दिन जंगबहादुरको पत्थरघट्टामा मृत्यु भइसकेको थियो भनेर (पुरुषोत्तमशमशेर जबरा, ‘श्री ३ हरूको तथ्यवृत्तान्त’-२०६५ मा उल्लेख रहेको छ। डम्बरकुमारीले नेपालमा आँफ्नो ब्यबसाय सुचारु गर्न बनारस बाट नेपाल फर्कँदा आफ्नो डिजाइन अनुसार नै छाप्न लगाएको खास्टो पनि ल्याएकी थिइन्। उनको डिजाइन अनुसार छापिएको त्यो खास्टो नेपालको चीसो मौसमको लागि अति नै उपयुक्त र मानिशरु बिच अत्यंत पपुलर भयो - अनि पछि त्यही खास्टोलाई डम्बरकुमारीको खास्टो भनेर सबैले चिन्न थाले। अहिले पनि मौलिक नेपाली डिजाइनको डम्बरकुमारीको खास्टो नेपालमा मात्रै नभएर बिश्वभर नै डिमान्ड भएको खास्टो हो । 

विसं १९३३ मा नेपाल भित्रिएको यो खास्टो नेपालका चार शहिद मद्धे एक शहिद ले आँफुले गोलि खाएर शहीद हुँदा पनि ओडिरहेका थिए। 

उनलाइ त्यो खास्टो उनकी प्रेमिका एक राणा युवतिले उपहार दिएकी थिइन रे। यो बारेमा थप जानकारी कसैसंग छ भने शेयर गर्नु होला है ... यसको अपडेट रिपोर्ट बनाउनु छ !!
Last edited: 10-Feb-22 12:42 PM
Read Full Discussion Thread for this article