Posted by: logan February 2, 2022
सरस्वति /सरस्वति बन्दना
Login in to Rate this Post:     1       ?         Liked by
रिमोटलि काम गर्दा फुर्सदै फुर्सद अनि मल्टि टास्किंग को कुरा गरि सकेको छु , दोहोर्याइ रहनु ठिक नहोला | हिजो आज प्राथमिक र माध्यमिक बिद्यालयमा बिहानि प्रार्थना मा भट्याउने श्लोक सुन्ने रहर जाग्यो | सबै त होईन अलि अलि सम्झना रहेछ संग संगै भट्याउन पनि सके |
एक पछि अर्का योउटुब देखिदै गए पछि आखा यसमा पर्न गयो अनि भालुको मन खन्यु माथि भने झैँ भयो | कति बर्स भयो फोटो नदेखेको अनि दिमागले पुराना जमाना मा देखेको मात्र खोज्दो रहेछ | यो फोटो देखे पछि मन र मस्तिस्क मा द्वन्द सुरुभए | सरस्वति को रुप नदेखी कहा देखेको हो , फिल्म मा हो वा अन्यत्र कहिँ हो भनि खोज सुरु भयो |आखाले टाउको देखि खुट्टा सम्म स्क्यान गर्न भ्याई सक्यो | मन मनै सम्झे कहिँ कुनै युबतिको फोटोलाइ फोटो सप गरि हातमा सितार थपिदिएको त होईन ?
आजका आधुनिक पेन्टर हरुका दिमागमा नया नया बिचारधारा संगै इन्टरनेट देखि डान्स फ्लोर मा महिलाका सिंगो सरिर देखेको हुन् सक्छ र तेही अनुसार पेण्टिङ्ग गरेका हुन् कि ?
लौ हर्नुस कति नाप जोख गरि अनुहार , कम्मर , तिघरा र खुट्टा बुट्याउन सफल भएका छन् | Spandex को बस्त्र  लगाइ दिएका र पुषट उरु देखाउन सफल भएका छन| शायद यि चित्रकारले केराका थम्बा जस्ता तिघ्रा सुनेका मात्र होईन बनाएर पनि देखाईदिए |लाग्छ हाँस बाहनमात्र होईन, उन्को सुन्दरता र बिणाको धुन्मा बेहोसिएको कुरा तेस्ले लगाएको नजर ले नै थाहा हुन्छ | हामि हरुलाई उद्द्स्य बिमुख बनाउन सफल भै सके |
धत् फटाहा कुरा गर्ने भन्नु होला : मैले कलाकारको कुरा मात्र गरेको हु है | नत्र भने हेर्नुस अनि सुन्नुस यो योउटुब | यो समय बिताईको प्रमाण मात्र हो अन्यथा नसम्झनुहोस | |

https://www.youtube.com/watch?v=pYeov0d0eH4


Last edited: 03-Feb-22 11:22 AM
Read Full Discussion Thread for this article