Posted by: AnandNepal January 31, 2022
मिलियन कमाउने युटुपे
Login in to Rate this Post:     0       ?        
केहि समय अघि फोर्ब्सले युट्युवबाट मिलियन डलर कमाउने ब्यक्तिगत च्यानल हरुको सुचि प्रकाशित गरेको थियो ..जसमा एउटाले $५४,०००,००० कमाएका रहेछन। यो बिषयमा मैले यस अघि चासो नदिएको हुनाले ति सुचिमा भएका सबै च्यानलको बारेमा मैले पहिलो पट्क सुनेको थिएँ (र, अहिले सम्म मैले ति कसैको पनि, एउटा पनि भिडियो हेरेको छैन।)

युट्युवबाट पैसा कमाउन सम्भव छ भन्ने त यो प्रमाण भयो। तर, के यो नेपाली भाषा र नेपाली दर्शकको लागि भिडियो बनाएर सम्भव छ त?

नेपाललाइ टार्गेट गरेर बिज्ञापन नहुने हुनाले यो कुरा असम्भव जस्तो लाग्छ।
तर, च्यालेन्ज भनेकै असम्भवलाइ सम्भव बनाउने होइन र?

तेसैले, नेपाली बिषयमा मात्रै सामाग्री तयार गरेर मिलियन डलर कमाउन कसरी सकिएला भन्ने बारेमा सोचि रहेको छु। यसको योजना पनि बनाइ रहेको छु। अर्को कुरा, मलाइ त्यति धेरै पैसा चाहिएको चाँहि छैन। तेसैले, एक्स्ट्रा कमाइ सबै सामाजिक कार्यमा नै खर्च गर्ने बिचार गरेर मिलियन डलर - कमाउने प्रोजेक्ट शुरु गर्ने सोचेर शुरु गरेको छु

प्रोजेक्ट - "मिलियन कमाउने युटुपे"
योजना - नेपाली संस्कृतिको प्रचार - १० बर्षमा एक नेपाली सस्कृति पढाउने विश्वविद्यालय खोल्ने।
टार्गेट - बिदेशीहरुलाई नेपाली संकृतिको परिचय दिने

अरु थप, बिस्तृत बिवरण, तपाइहरुको फिडब्याक पछि है त।

के यस्तो सम्भव होला त?

Read Full Discussion Thread for this article