Posted by: logan January 26, 2022
हाम्रो परम्परागत खाजा कोदोको रोटी ।
Login in to Rate this Post:     0       ?        
टाठा बाठा, धनीमानी हरुले मात्रा खला खेत का धनी हुने र भात खाने हरु भाते भए भने बाँकी सबै रुखो पाखो मै खन जोत गरी जीबन यापन गर्ने हरुलाई कोदे , ढिडे बाट सु-भुसण गर्न पछी लागेनौ |
कुअन्न खाने हरु बलिया बाङा थिए भने आजभोलि सबै भाते भएका छौ | क्यान्सर , मधुमेह , मुटु रोग आदी इत्यादी बाट पीडित हुँदै छौ | स्वास्थ्य खुराक को कुरा गोरा छाला भएकाले गरेर कुअन्न नै सर्बोत्तम खुराक हो भने पछी गाउघरमा पाईने कु-अन्न तिर आँखा लाग्दैन् र बिदेश बाट किनुवा मगाइ आफ्नो उपल्लो औकात फेसबूक मार्फत देखाउने पनि पनि गरेका छन |
अब भाते बाट ढिडे हुन प्रयासमा छौ | गाउ घर तिरका श्रमी हात खुट्टा बिदेसिए पछी कु-अन्नको लागि पनि हामी बिदेशमुखी भएका छौ|ढिडे हुन लाई घरमा होईन होटेल मा गएर हुईन्छ , याने शहरीयालाई श्वासथ राख्न बग्रल्ती चमेनाग्रिहहरु खोलिएका छन | ( जो कुअन्न म जिबिकोपार्जन गर्थे) कोदे र ढिडे हरु यो सम्सारमा छैनन , उनिहरुला ई यमराजले एक सातालाई "बिदा"दीइ कथामान्डो को दोहोरी टिकट् दिएर पठाएँ भने कथामान्डौमा उनिहरुले "यहा ढिडो पाईन्छ" भन्ने साईन बोर्ड पढे र देखे भने "नवौ" आस्चर्य देखे झै हुनेछ |उनिहरुको ढिडोको डाकार अझै ताजा होला तेसैले उनीहरु  इटालियन भोजन खोज्लान ?
आज भोली कोदो, फापर, आलस, जौ , बल्गर ( grains )  मिसिएको प्यान केक ( सल्ले रोटी ) खाइ स्वास्थ्य बन्ने कोशीसमा छु | ढिडो दुध सग मात्रै मिठो हुन्छ |
Last edited: 26-Jan-22 10:34 AM
Read Full Discussion Thread for this article