Posted by: AnandNepal January 24, 2022
स्वस्थानी ब्रतकथा (कथासार मात्रै)
Login in to Rate this Post:     0       ?        
Thank you Logan.

मेरो बिचारमा: स्वस्थानी कथा तत्कालिन समयमा मानिसहरुलाई जीउने कला सिकाउनको लागि लेखिएको थियो र त्यसै अनुसार सबैले ब्यबहार गरुन भनेर प्रत्येक बर्ष पढने प्रचलन गरिएको थियो। अहिलेको समयमा यो आउट-डेटेड भइ सकेको हुनाले कथा कै रुपमा मात्र ग्रहण गर्नु पर्छ।

१) कथाका देउता देउता नै होइनन - शक्तिमा रहेका राजा, भारदार हुन (राजालाइ बिष्णुको अवतार भनेको जस्तो) - तेसैले त ति देउताले पनि अनेक तिकडम गर्छन, बदमासी गर्छन - अनि त्यस्तो बदमासी गर्नेलाइ पनि सर्वसाधारणले पूजा नै गर्छन (गर्नै पर्छ भनेर सिकाएको)।

२) महिलालाई थिचोमिचोको युग थियो - पुरुष बढी शक्तिशालीले निर्धोलाइ दबाउनु पर्छ भन्ने मान्यता। पुरुषलाई डर थियो - कता महिलाले बिद्रोह गरिहाल्छन कि भन्ने - तेसैले यो मन्द बिष बर्षै पिच्छे पिलाउने चलन बसेको हुनु पर्छ।

३) चाकरीको संस्कृति - काम हुनको लागि, पूजा गर्ने, खुशी पार्न नै पर्ने - अनेक अलंकार दिएर तारिफ गरिदिनु पर्ने। शक्तिमा भएकोलाइ खुशी पार्यो भने जे पनि बरदान प्राप्त गर्न सकिने। तेसैले, स्वस्थानीलाई राज्यले स्पोंसर पनि गरेको हुनु पर्छ *दास* बनाउनलाई।

अनि स्वस्थानीमा शिवलाइ बढाइ चढाइ गर्नुको कारण यो कथा शिवका छोरा कुमार ले अगत्स्य मुनीलाइ सुनाएका हुन। तेसैले पुरै biased कथा हो छोराले आँफ्नै बाउ आमालाई देउता बनाएको कथा।

अगत्स्य मुनीलाइ नै सुनाउनुको कारण तिनी बिश्व भ्रमण गर्थे रे - उनले यस्ता कथालाइ बिश्वभर फैलाउन भनेर सुनाएका हुन रे। अगत्स्य मुनीको थाइल्याण्ड, मलेसिया, श्रीलंका, आदि देशमा पनि पुगेको प्रसंग छन रे (रे भन्ने सुनेको, पढेको होइन)

Read Full Discussion Thread for this article