Posted by: haku is back October 20, 2021
दसैं, मासु अनी झोल !
Login in to Rate this Post:     2       ?         Liked by
गोर्खे पासा,
आफु लाइ ट अम्रिकाको दशैं , दशैं जस्तै लाग्दैन, यशअर्थमा दसै नमनाएको ८ ९ वर्ष भयो । हामी ज्यापू समुदाएको दसैँ पो दसैँ , उखान नै छ, छेत्री बिग्रन्छ मोजले ज्यापू बिग्रन्छ भोज ले । उता हुदा दशैं आउनु १० दिन आगे नै भोज सुरु हुन्थियो। घटसथापनाको दिन चट्ट संग सामुहिक रुपमा कुल देउताको घरमा जमरा राखिन्थ्यो अनि तेइ दिन गुठि संस्त्थानले दिएको राँगो काटिनन्थ्यो ,अनि गुठि घरमा आइमाई खलक राँगोको अनेक परिकार छोइला, कचिला, सुकुटी देखि भात संग खाने झोल मासु बनाउन व्येस्ट हुन्थे । बुडा खलकहरु २० धार्नीको खर्कुलोमा टखा ( थलथले पर्वते भाषामा ) बनाउन ब्येस्ता हुन्थे ,हामी केटा खलक ठसी बाट भक्खर कुटेको मग मग बासन आउने टाईचिन चिउर ल्याउन व्येस्ट हुन्थेउ । अनि पुजा आजा सकेर बुडा बालक एकौ ठाउँमा लाम्बद्द बसेर "लप्टी भोए" ( सबै संगै बसेर टपरी जस्तोमा खाने ) गर्थेंउ । त्यो भोजमा राँगाको ४ ५ थरि मासु, आलु तामा, सागको २ थरि परिकार , ठो ( सेतो गुलिओ जाड ) , ऐला , काउली को तरकारी, हाँसको परिकार , टाईचिन चिउरा, छोइला देखि धेरै किसिमको खाने कुरा खाने गरेको ऐले जस्तो लाग्छ १० वर्ष भएछ ।

दशैँ भरि भोजै भोज, कैले मामाघरमा नख्ट्या, कैले ठुली आमाकोमा नख्ट्या, कैले काकाकोमा एबम रितले पुर्णिमासम्म अलि अलि गनाउने अस्टमीमा काटेको राँगोको टाउको र पुछर पनि सक्ने गरिन्थ्यो ।
हुन ट कैलिफोर्नियामा पनि हामी सानागाउले महर्जनहरुको जत्था नै छ र यहाँ हिजो भक्खर नख्ट्या( नेवारी भोज ) खाएर आएको। सबै बेवास्थित नै थियो तर छिमाबु लोगनचा ,यहाँ कहाँ पाउनु राँगाको ५ थरिको परिकार? यहाँ कहाँ पाउनु राँगाको थलथले ? यहाँ कहाँ पाउनु मग मग बास आउने टाईचिन चिउरा ? यहाँ कहाँ पाउनु गुलिओ "ठो "? यहाँ कहाँ पाउनु आलु तामा ? यहाँ कहाँ पाउनु लप्ति भोए ?

मूजि राँगाको मासुको सट्टा कुहिएको पानि आउने बोइलेर कुखुरा, थलथलेको सट्टा आइस क्रिम , गुलियो "ठो " को सट्टा सोडा, लल्टीको सट्टा डीसपोजेबल प्लेटमा खाएर यो वर्षको दसैं समापन गरियो । मूजि अम्रिकाको दशैं खै के खै के ? २२ २५ रोपनी जग्गा हुने मान्छे यो बिरानो ठाउँमा २ इन्चको ढुक्कुर हल्लाएर के'का लागि संगर्ष गरि ऱा'को छु भन्न पुरानो प्रस्नले फेरी डिमाग ढक ढक गर्यो ।

सारै नमज्जा भो लोगनचा !!
Read Full Discussion Thread for this article