Posted by: logan October 8, 2021
स्मार्ट ?
Login in to Rate this Post:     1       ?         Liked by
सानचा र बाउचा छिमेकी मात्र नभएर हल गोरु झैँ हुन् रे अनि स्कुल पनि सगै गएका रे ? बिहे पनि जुम्ली छोरी खोजरे बिहे गरेका रे ? यिनका ९ महिनैमा जन्मेका छोरा हरुको नाम पनि नकुल र सकुल राख्न पुगे रे , यो भयो कथा को पूर्वार्द |

यिनका छोरा हरु आठ नौ बर्सको भए होलान अहिले , सान्चाले लोगो किनेर ल्याइदिए पछि दुबैका छोरा हरुले मन परेका गाडी बनाए छन् र गाडीकुद्ने र रेस गर्ने ट्रयाक पनि बनाएछन |
नकुल र सकुल आनन्दले खेली रहेको बेला संचा र बाउचा तिनका लोगो बाट बनेका गाडी हरुमा मेरो छोराले बनाएको गाडी राम्रो छ र तेज कुद्छ भनि कुरा सुरु भएको के थियो यिनका बिबादले बासघारिमा बसेका सारंग हरुलाई मात गर्ने गरि चर्का चर्किमा पुगेछन | अरुलाई केको धन्दा घर ज्वाइलाइ खानको भने झैँ यिनमा दबेर बसेको अहम / इगो अचानक प्रतिसपर्धामा भिड्न थाले |
बच्चा हरु बाउ का कुरा सुनेर कसको चाडो कुद्छ भनि खेलमा ब्यस्त भए पनि सानचा र बाउचा आफ्ना आफ्ना दिमागले भ्याए सम्मका कुरा निकाले पछि एक एक गरेर कुदाउने अनि स्टप वाच ले टाईमिङ्ग हेर्ने कुरामा दुवै सहमति जनाए पछि छोरा हरुले असहमति जनाए | स्टप वाच सुरु र अन्त्य गर्दा नानो सेकेण्ड ले पनि फरक पार्छ र कसको फास्ट कुद्छ थाहा हुदैन, इलेक्ट्रोनिक्स इक़ुइप्मेंट राखे मात्र थाहा हुन्छ |
बच्चा हरु आफ्नै खेलमा मस्त भए तर यी जिगारी दोस्त भनौ वा लगौटिया दोस्तको गलफती अन्त्य हुने देखिदैन थियो | नकुल उमेरमा स्यानो भए पनि बा एसो गरौ भनि सुझाब दिने मात्र होईन कसले बनाएको गाडी चाडो दौडिन्छ को पनि निर्क्यौल भयो रे ?
लौ भन्नुस कसरि थाहा पाउने कसले बनाएको गाडी चाडो कुद्छ?

साभार : क्लिक क्लाक ट्यापर ब्रदर्स (NPR)
Read Full Discussion Thread for this article