Posted by: logan September 15, 2021
रानीको दुध
Login in to Rate this Post:     1       ?         Liked by

यो बालदिबसको रोचक कथाको लागि धन्यबाद | चाप्लुसी र चाकडी बाद कहाँ चल्दैन तेस्म्याथी राजामहाराजा र अहिलेका ठुला बडा भनाउदा हरु पनि पछी छैनन |"रानीले पठाएको दुध" भन्दै बडामहारानी को चप्लुसी सँगइ राजातन्त्रको दिर्घायु को चखेल मा " रानीले पठाएको दुध" को अपभ्रम्श " रानीको दुध" भएको होकी ? छिमेकी दाइको नाम केदार थियो, उन्लाई भाई हरुले केदाइ भनी सम्बोधन गर्थे र हामी पनि तेही नामले सम्बोधन गर्थ्यौ |केदार दाई को छोटो नाम भनौ वा अपभ्रम्स "केदाइ" जस्ताइ भएको हो कि ?
हिन्दूस्तान मा छोगडा भन्दैनन , आउने उतै बाट हो र नेपालीले न्वारान गरी छोगडा भने | हिन्दूस्तान बाट नेपाल छिरे पछी कसैले "छोडेर खाने गेडा" भन्यो होला तेसैको अपभ्रम्श छोगडा भए झै हो कि ?
Read Full Discussion Thread for this article