Posted by: Logankobaje September 11, 2021
Day trading (US stocks) in Nepal
Login in to Rate this Post:     0       ?        
स्याल ब्रो : कति पैसा पछि retire हुने कुरा चै एकदम नै व्यक्तिगत सोच, इच्छा , चाहना, पारिबारिक दाइत्तो अनि कुन देशमा बस्ने आदि इत्यादी कुरोले महत्तो पूर्ण भूमिका खेल्छ ।

तर येति कुरा चै भन्न सक्छु, ४ वर्ष मरेर काम गर्ने, अनुसासित हुने, खर्च नगर्ने अनि येही ४ वर्षको कमाई स्मार्ट इन्वेस्टमेन्ट गर्ने हो भने ७ जुनी त भन्दिन एक जुनी काम नगरी खान पुग्छ ।

मेरा १३ १४ वर्षको अमेरिकी बसाईमा सुरुका १० वर्ष आर्थिक रुपले निरर्थक रहे। मूजि आफु धनि हुनु भन्दा नि pay चेक २ pay चेकमा बाचेर आफ्नो शिप र श्रमले अरुलाइ धनि बनाउन लागे ।पछिका चार वर्ष केवल आफ्नो अर्थिक उन्न्त्तीको लागि काम गरे, Routine job केवल औपचारिकतामा मात्र सिमित भयो, फलस्वोरुप productivity घट्यो र तेस्तो काम गर्नु भन्दा मूजि घरधन्दा गरेर बस्छु भनेर बिगत ४ ५ महिना देखि घरधन्दा गरेर कान्छो छोरो स्याहरेर full time day trading गरेर बसेको छु ।

सारम्श: आफ्नो लागि लगानी गरेको ३ -५ वर्ष काफी छ retire हुन । ( भाग्यको खेल पनि अलि अलि हो तर मेहेनतको अहम भूमिका )

भन्यो भने धादिंगेले गफ लायो भन्नु होला तर मूजि मेरो अम्रिकाको नेट वोर्थ २.२ मिल्लिएन त होला ( मूजि आफ्नो सम्पतिको कुरो गर्दा अति लाज लाग्ने के ) । येस्मा paid -off हुन बाकी एउटा घरको हिसाब राखेको छु, अलि अलि तल माथि पर्ला । येस्मा लगभग 80 percent कमाई मेरो पछिल्लो ४ वर्षको हो, त्यो 8० percent भित्रको ७० percent २०२० पछि को crypto को हो । अबको २ ४ वर्ष crypto ले नै तहल्का गर्छ जस्तो लाग्छ। सुरुमै भने मेरो सुरुको १० बर्से अमेरिकी बसाई खोया भयो । मूजि कोहि नबआगन्तुक लाई म career भन्दा नि अर्थिकोपार्जन र लगानीमा केन्द्रित हुन हौसला दिन्छु, ताकी तिनीहरुको समय नि मेरो जस्तो खोया नहोस ।

मूजि मैले ३० ३२ वर्षमा बुझेको कुरा भूसर्ण दाहाललाई बुझ्न ५५ वर्ष लागेछ, अब त धेरै ढिला भयो भूसर्ण सर , मर्ने बेलाँ हरियो काक्रोको औचित्य छैन ।

https://www.tiktok.com/@neemkshetri/video/6998168415143873818?lang=en&is_copy_url=1&is_from_webapp=v1
Read Full Discussion Thread for this article