Posted by: Bennedict June 19, 2021
हेरेको तिमीलाइ आँखाले हैन।
Login in to Rate this Post:     1       ?         Liked by
सी एल जी,
मैले यो लिन्क भेटाए, प्लिज हेर्नुहोला.

https://www.google.com/search?q=erotomania+in+hindi&oq=erotomania+in+hindi&aqs=chrome..69i57.5888j0j15&sourceid=chrome&ie=UTF-8

यो अनुसार, केही हुन सक्ने नेपाली शब्दहरु:-

प्रेमोन्माद, कामोन्माद

तेस्तै delusionको नेपाली उल्था यो होला कि?

https://www.shabdkosh.com/dictionary/english-hindi/delusion/delusion-meaning-in-hindi

भ्रान्ती, विमोह (नेपाली परीप्रेक्ष्यमा पनि यी शब्दहरु सुनिएको हुनाले)

मैले अहिले मुभिहरु धेरै कम हेर्छु, हेरे पनि साउथ ईण्डियन हेरेर हैरान भाको छु, बलिवूड र हलिवूड भन्दा उनिहरु टेक्नोलोजी, प्रेजेन्टशन, स्टोरी टेलिङमा धेरै अगाडि पाएको छु। तपाईंले भनेको प्लटमा केन्द्रित रहेको अर्को स्प्यानिश मुभी मलाई २००६-७ तिर हेरेको याद आउछ, बेस्ट फरेन मुभी के के अवार्ड पाएर साह्रै चर्चित भाको थियो, त्यो बेला। गूगल गर्नुहोला नहेरेको भए। मुभी थियो Pan's Labyrinth यसको डाइरेक्टर त मेक्सिकन भर पनि हलिवूड मुभिहरु बनाइराको छ अझै पनि। म त उसको बिग फ्यान नि। एक फरेनरले अमेरिकनहरुलाई मुभी बनाउन सिकाइराको छ भनौ।
Lucid dreamingको नतिजा र कुन साचो हो कुन झुठो हो, कसको औचित्य के थियो, के होला, भ्रम हो या हैन, यस्तै मनो-विवादमा बनेकोले तपाईंलाई शायद मन पर्छ कि?
Read Full Discussion Thread for this article