Posted by: crazy_love June 17, 2021
हेरेको तिमीलाइ आँखाले हैन।
Login in to Rate this Post:     2       ?         Liked by
मलाई भुतप्रेतमा विश्वाश लाग्दैन, तर बेलाबेला यो हस्पिटलमा भुतको कथाहरु सुनिन्छ। जस्तै खाली कोठाबाट कसैले बोलाउछ। एउटा बच्चा आउछ अनि बिलाउछ। अर्को बुढो भुत छ, औशधी माग्छ। कहिलेकही छायाले पनि पछ्छ्याउछ। बिरामी नभएको कोठाबाट घन्टी बज्छ आदी इत्यादी। लौ, एकछिनको लागि यो मानौ की भुतप्रेत हुन्छ। तर भुतप्रेत हुन त पहिले मान्छे मर्नु पर्छ हैन र? हम्बल मरेको छैन। ऊ तपाईं हामी जस्तै ज्युदो मान्छे हो। उसँग मैले बिताएको पलहरु साक्षी छन, ऊ भुत हैन। तर ऊ एक्कासी किन गायब भयो? मलाई किन प्रश्नै प्रश्नको भुमरीमा छोडेर गयो। मैले यो सबै कुराको जवाफ खोज्नै पर्छ। शायद म अर्को भागमा यो सबै कुराको उत्तर भेट्टाउछु।

भाग-१२ (अन्तिम भाग)

हरेक दिन मेरो लागि फेरी उही निराशा बोकेर आउथ्यो। मैले हम्बलको फेसबुक दिन दिनै हेर्थे। त्यहा नयाँ अपडेट थिएन। मलाई मेसेज पठाउन मन नलागेको हैन, तर मलाई अरु कसैले हेर्ला भन्ने डर थियो। मैले उसको नाम गुगल गरे। ऊ आफ्नै शहरमा प्राइभेट प्र्याक्टिस शुरु गरेको थियो। उसको आफ्नै क्लिनिक थियो। उसको शहर म भन्दा धेरै टाढा थ्यो। मलाई जान न मन लागेको हैन। तर कतै उसैले मलाई इ-मेल गर्ला वा फेसबुकमा निम्ता देला भन्ने आश लाग्यो। ऊ र मेरो १० जना फेसबुक साथीहरु थ्यो, जसलाई हाम्रो “म्युचल फ्रेन्ड्स" भनेर देखाउथ्यो। मलाई आशा थ्यो कुनै दिन उसले मलाई जरुर फ्रेन्ड रिकुएस्ट पठाउछ भनेर।

एक हप्ता पछी म डक्टर रबर्टको क्लिनिकमा थिए। डक्टर रबर्ट त्यस्तै ६०-६२ बर्षको हुनु पर्छ। २-३ बर्षमा रिटायर्ड हुने योजनामा हुनु हुन्छ। उहा मान्छेको मनको गहिराइसम्म पुगेर उपचार गर्नु हुन्छ।

"यतिका दिन कहाँ हराउनु भयो? तपाईं नेपाल जानु भयो कि क्या हो?" मलाई देख्नासाथ उहाले पहिलो प्रश्न गर्नु भयो।
"हैन! म त यही छु, कतै गएको छैन।" मैले भने।
"अनी के छ त हालखबर?" उहाले गहिरिएर मेरो अनुहारको भाब हेर्नु भयो।
"सबै ठिकै छ। काममा जान्छु, घर जान्न्छु। काम-घर, घर- काम, राम्रै बितिरहेको छ।" मलाई थाहा छ, उहाले पत्याउनु हुन्न। तर मैले झुठ बोले।
"तपाइको अपोइन्टमेन्ट छ महिना अघि थ्यो। तपाईंले केही खबर गर्नु भएन। हामी तपाईंलाई फोन गरिरहेका थ्यौ। तपाईंको बारेमा मलाई चिन्ता लागेको थ्यो। सबै ठीक भएको भए एकचोटि हामीलाई सुचित गर्नु पर्थ्यो।" उहाले शान्त स्वरमा भन्नु भयो।
"हजुर! म ब्यस्त थे। घरको कामले मैले तपाईंलाई फोन गर्नै भ्याइन।" मलाई उहाको १० भन्दा बढी फोन आएको थ्यो, तर मैले जानी जानी बेवास्ता गरेको थे।
"सबै ठीक छ भन्नु हुन्छ। आँखामुनिका काला गाढा धर्साहरुले त अरु केही भनिरहेको छ।" उहा मेरो मानसिक स्वास्थको डक्टर हुनु हुन्छ।
"एक हप्ता जति भयो। निद्रा लाग्दै लाग्दैन। मनमा अनेक कुराहरु खेल्छन।" मैले भुइमा हेर्दै भने।
"तपाइले निद्राको औशधी लिनु हुन्न? मैले तपाईंलाई दिएको थे।" उहाले के औषधी भनेर रेकर्ड हेर्न थाल्नु भयो।
म मौन रहे।
"तपाइले त छ महिना देखी औषधी पनि रिफिल गर्नु भएको रहेनछ। तपाईंले औशधी छोड्नु भयो ? एम्बिएन लिनु हुन्थ्यो हैन र?" उहाको निधार अलि खुम्चिएको देखियो।
"एम्बिएनले मलाई निद्रा त लाग्छ तर बिहान उठ्नै गार्हो हुन्छ। दिनभरी आलस्य बनाउछ। केही गर्ने जाँगर लाग्दैन। त्यसैले मैले छोडे।"
"यो कुरा त भन्नु भएन तपाईंले। मलाई एकचोटि सोध्नु भएको भए म तपाईंलाई अर्कै औशधी दिन्थे।" उहा सोच्न थाल्नु भयो।
" औशधी नि कति खानु? मैले निद्राको लागि व्हिस्की खान थालेको छु। तर त्यसले पनि मलाई निद्रा लाग्दैन आजभोलि।"
"कती मात्रामा खानु हुन्छ? एक गिलास? दुई---?" उहा सोध्दै हुनु हुन्थ्यो।
"३-४ शट मात्रै।" मैले उहाको कुरा बिचैमा काटे। तर म त्यो भन्दा धेरै शट खान्थे।
"अह। अरु कुनै पदार्थ?" उहाले सोध्नु भयो।
"कहिले कही वीड स्मोक गर्छु। तर सधैं हैन। हप्ताको १-२ पटक। १ स्टिक मात्रै।" मैले केही लुकाइन।
"त्यसले निद्रा लगाउछ?"
"म गहिरो निद्रा सुत्छु। तर आजकाल मलाई वीडले प्यारानोइड बनाउछ। डर लाग्छ। त्यसैले युज गरेको छैन।"
"शुरुमा निद्रा लागे पनि लामो समय पछी त्यसले गर्ने इफेक्ट नै प्यारानोया हो।"
"मलाई थाहा थिएन।"
"अनिद्रा बाहेक तपाईंको मुड कस्तो छ?" उहाले प्रश्न गर्नु भयो।
“निराश, दुखी, फ्रस्ट्रेशन, यस्तै मात्रै महसुस हुन्छ।"
"अनी अरु?" उहा ध्यान दिएर सुन्दै हुनु हुन्थ्यो।
"मलाई बाच्नुको अर्थ लाग्दैन। म नभये पनि संसार त चलि नै रहन्छ। मेरो जिबनको कुनै महत्व छैन।"
"तपाइले आत्महत्याको बारेमा नि सोच्नु हुन्छ?" उहाको प्रश्न सुनेर म सोच्न थाले।
"कहिले कही!" मैले छोटो उत्तर दिए।
"अहिले नि?" मलाई थाहा छ मेरो जवाफले मलाई कहाँ पुर्याउन सक्छ। यदी मैले अहिले पनि आत्महत्याको बारेमा सोच्दैछु भनेमा मलाई डक्टर रबर्टले कुनै मानसिक अस्पतालमा पठाउनु हुन्छ।
"अहिले म खाली निराश छु। आत्महत्याको कुनै सोच छैन।"
"तपाइले थेरापी पनि जान छोड्नु भयो?" डक्टर रबर्टलाई सब थाहा भए पनि मसँग सोधिरहनु भएको थ्यो।
"मलाई मन लागेन।" मैले छोटो उत्तर दिन खोजे।
"किन?" उहालाई चित्त बुझेन।
"मैले बुझे पनि घरको मान्छेले बुझ्दैन। मानसिक स्वास्थ्यको बारेमा राम्रो धारणा राख्दैन। म राम्रो भएर के गर्नु? घर र बातावरण उही हो।" मैले भने।
"त्यसो भए कसरी उपचार गरु त म? तपाईं औशधी पनि नखाने। थेरापी पनि नजाने।" उहाले सोध्नु भयो।
"डक्टर रबर्ट, तपाईंलाई एउटा कुरा सोधु?"
"भन्नुस् न!"
"मेरो जिबनमा अचम्मको घटना घटिरहेको छ। म जे देख्छु अरुले देख्दैनन। म जे सुन्छु अरुले सुन्दैनन।"
"तपाइ यसको बारेमा बिस्तारमा बताउन सक्नु हुन्छ?"
मैले मेरो र हम्बलको सम्बन्ध, लिफ्टको घटना, छतमा भएको कुरा सबै डक्टर रबर्टलाई भने। उहाले इ-मेल पनि हेर्नु भयो हम्बलले मलाई लेखेको। केही छिन अरु थप प्रश्नहरु गरेर अनि उहाको किताब हेर्दै उहाले मेरो रोग पत्ता लगाउनु भयो।
*********************************************************************************************
“डिलुजनल डिसअर्डर”

डक्टर रबर्टको बयान- "क्रेजी मेरो पुरानो बिरामी हो। यो भन्दा अघि पनि उनलाई "डिलुजन डिसर्डर" जस्तो लक्षणहरु देखिएको थ्यो। तर ती लक्षणहरु सामान्य थिए। उनलाई थेरापी मात्र दिएको थ्यो। उनलाई अनिद्रा र चिन्ताको धेरै पुरानो समस्या थ्यो, मैले उनलाई औशधीहरु दिएको थिए। तर उनले खानै छोडिन् । अहिले उनको कुराहरु सुन्दा साइकोसिस जस्तो पनि देखिन्छ। तर उनी बिछिप्त भएकी छैनन। उनी के सत्य र के कल्पना हो भन्ने कुरा छुट्याउन सकिरहेकी छैनन। उनको लोग्ने मैले कहिले भेटेको छैन। उनको भनाइ अनुसार उनिहरुको सम्बन्ध राम्रो छैन र उनिहरुको समाजमा मानसिक स्वास्थ्यको कुरा हुँदैन। क्रेजी अझै काम गरिरहेकी छिन। त्यसैले उनलाई नियमित रुपमा साइकोथेरापी र औशधी दियो भने उनि "डिलुजन" र वास्तविकता छुट्याउन सक्ने हुन्छिन। बिडम्बना के भने उनलाई साथ दिने उनको मानसिक स्वास्थ्य बुझेर, औशधी खान सम्झाउने कोही छैनन। उनलाई मन लागे खान्छे, मन नलागे खान्न। यस्तो अवस्थामा बिरामीलाई परिवारको ठुलो साथ चाहिन्छ। हेरौ, क्रेजीले अब के गर्छे? मैले उनको इ-मेल हेरे , हम्बलको जवाफ भनेको इ-मेल क्रेजीले आफ्नै अर्को अकाउन्टबाट लेखेकी थी। उनलाई मैले सबै कुरा सम्झाएको छु। उनि सामान्य हुन्छिन भन्ने मैले आशा गरेको छु।"

लोग्नेको बयान- “ क्रेजी पागल नै हो। पहिले नै अलिअलि खुस्केकी थी। अहिले पुरै खुस्केकी छे। रातभरी एक्लै कुरा गरिरहन्छे। मलाई लगाएको सबै आरोप उनको भ्रम हो। मलाई उनको छाया पनि मन पर्दैन भने मायाको कुरा त गर्नै पर्दैन। मैले वकिलसँग कुरा गरिसकेको छु। मलाई यो बिबाहबाट मुक्ति चाहिएको छ। मर्द हुँ, अर्की बिहे गर्छु। “

हम्बलको बयान- “म के भनु? म क्रेजीसङै छु। उनले जे भन्छे ,त्यही गर्छु। म उसको मन हुँ। मनको पखेटा हुँदैन तर यो जहाँ पनि पुग्न सक्छ। जे पनि कल्पना गर्न सक्छ। “

“म” पात्र- “मलाई यो पनि थाहा छैन कि डक्टर रबर्ट मेरो डिलुजन हो कि वास्तविक जिबनको पात्र। तर मलाई यति थाहा छ हम्बल र मेरो प्रेम साँचो हो। प्रेम पनि त भ्रमको एउटा नाम हो नि, हैन र?”

समाप्त!
Read Full Discussion Thread for this article