Posted by: Deep June 5, 2021
हेरेको तिमीलाइ आँखाले हैन।
Login in to Rate this Post:     2       ?         Liked by
केही बर्ष अघि साझामा एक अनुच्छेद लेखाईको कुलेसो हुँदै सुरु भएको साँहीलीको यो साहित्यिक प्रबाह अहिले फराकिलो अनि उस्तै गहीरो नदी हुँदै समुद्रको नजिक नजिक पुगीसकेछ। यो प्रबाहको बयान म सँग भएका शब्दहरुको पहुँच देखी बाहिर छ। नहुँदो हो त म बयान गर्ने जमर्को गर्ने थिएँ।

सुरु देखी नै साहिँलीको लेखाई मलाई प्रीथक लागेको थ्यो साथै निर्भिक र स्पस्ट पनि। सुरुको त्यो एक अनुच्छेदको कथामा पनि एउटा केटा र उ तिर परोक्ष सोझिएको प्रेम आँगनको मुढामा सँग संगै बसेका थिए र साहीलीको कलमको ईशारामा ती ब्यक्त हुन्थे जस्तो लाग्छ। हुन त धेरै बर्ष भयो, स्म्रीती धुमील भएको पनि हुन सक्छ। तेसपछीका उन्का लेखाईहरुले उनीलाई साझाको एउटा मूर्धन्य लेखकको दर्जामा स्थापित गराईसकेका थिए। म उनको लेखाईको कायल थिएँ र छु।

यो कथा पढ्दै जाँदा उनको अर्थात "म"पात्रको निर्भिक र स्पस्ट भाव प्रबाह त छदै छ तर म बेला बेला कथामा उस्को अर्थात म पात्र को लोग्नेलाई पनि देख्छु। उस्लाई देखेर मलाई उदेक लाग्छ। उ अहिले उनको बयानको पराधीन छ। उनले बोलाए बोल्छ, जे बोल भन्यो त्यही बोल्छ, नबोलाए चुप चाप बस्छ तै पनि उ पनि भाव बिहीन भने छैन। उस्का पनि थुप्रै कुराहरु हुँदा हुन भन्नु पर्ने तर यो उस्को कथा होइन। उ छ यहाँँ र पनि छैन, अनि छैन र पनि छ। म सोच्छु उस्ले पनि यही कथा भन्नु पर्दा कसरी भन्दो हो, के भन्दो हो। तर, जे होस, यो कथा अहिले उनको हो, उस्को होइन। कम्तीमा अहिले सम्म चै।

अहिले कथा बडो रोचक मोडमा आइपुगेको छ। कथा तुरीए पछी कस्तो लाग्यो भन्ने त छदै छ तर अहिले लाई यस्तो राम्रो कथाले हामी पाठकहरुलाई धन्य गरीदीएकोमा हार्दिक नमन, अनि आभार.

आउँदा भागहरुको प्रतिक्षामा ब्यग्र - दीप।
Read Full Discussion Thread for this article