Posted by: crazy_love June 4, 2021
हेरेको तिमीलाइ आँखाले हैन।
Login in to Rate this Post:     2       ?         Liked by
भाग-९

उसले मलाई तानेर उसको छातीमा टाँस्यो र मेरो निधार, आँखा र गालाहरुमा बिस्तारइ हातले स्पर्श गर्‍यो। म लट्ठीए, मदहोशी जस्तो हुन थाल्यो। उसले मेरो गलामा चुम्न थाल्यो। उसको तातो स्वाशले मेरो शरीरको नशाहरुमा रगतहरु तिब्र गतिमा बहन थाले।उसको ओठले मेरो ओठमा प्रेमरस घोल्न थाल्यो , बिस्तारै बिस्तारै उस्को जिब्रो मेरो जिब्रोसँग प्रेमको स्वादमा डुब्न थाल्यो। उसले मलाई कसिलो अङालोमा बाधेको थ्यो। म बग्न चाहन्थे उसको मायामा। ऊ रित्तिन चाहन्थ्यो मेरो चाहनामा। ऊ म भित्र हराउन चाहन्थ्यो। म उसँग एकाकार हुन चाहन्थे।

मैले आफ्नै हो कि उसको ढुक ढुक सुने। मेरो मुटु हो कि उसको मुटु हो जोडले धड्किरहेको थ्यो। शायद हामी दुबैको मुटु एक भएर धड्किरहेको थ्यो। उसको चुम्बनले मेरो अङ प्रत्यङ झुमिरहेको थ्यो। उसले मेरो गलामा फेरी चुम्न थाल्यो, म आनन्दित हुँदैथे। ऊ गलाबाट बिस्तारै तल तल हुँदै छाती चुम्न थालेको थ्यो। मेरो लुगामा बटन थिएन, तर उसको दाँया हात लुगाभित्र सलबलाउन लाग्यो। अचानक भरेङमा पदचाप सुनियो। मैले उसको हात रोके। ऊ मलाई एकोहोरो माया गर्दैथ्यो। मैले भरेङ बाट एउटा छाया आइरहेको देखे।

"कोही आएको जस्तो छ!" मैले उसको कानमा खुसुक्क भने।

ऊ तुरुन्तै अलग्गियो म सँग। मैले मेरो लुगा मिलाउन थाले। उसले आफ्नो लुगा हेर्‍यो। एउटा अग्लो कदको मान्छे देखियो। सेक्युरिटी स्टाफ रहेछ।
"म छतको ढोका लगाउन आएको!"

"हामी तल जानै लागेका थ्यौ।" हम्बलले मेरो हात समात्यो, र हामी दुबै हिड्यौ त्यहाबाट। त्यो स्टाफले चिन्यो चिनेन। मैले त्यसलाई कहिले देखेकी थिएन। उसले हम्बललाई "गूड्नाइट, डक।" भन्यो।

हामी पार्कइङमा पुग्दा हम्बलको फोन बज्यो, उसले मलाई हेर्‍यो र फोनको नम्बर हेरेर भन्यो "डक्टर पटेलको फोन! म एक्छिन कुरा गरेर आउछु। तिमी म नआए सम्म कतै नजाउ है?"

मैले "हुन्छ" भने।

ऊ गयो। म यताउती हेर्दै बसे। राती भएकोले पार्कइङ् मा ३-४ वटा कार हरु थिए। शायद नाइट शिफ्ट गर्ने स्टाफहरु हुनु पर्छ। त्यहा चकमन्न सुनसान थ्यो। कुनै मान्छेको चहलपहल थिएन। म यसरी कहिले पनि पार्कइङ लटमा बसेको थिइन। मलाई थाहा थिएन, दिउसो कारहरुले भरिभराउ र मान्छेहरुको आउने जाने हुने ठाउँ पनि राती यती शुन्य हुन सक्छ भनेर। म अलि परको पार्कमा मान्छेहरु हिंडेका छन कि छैनन भनेर हेर्न थाले। त्यो पार्क पनि सुनसान हुने रहेछ राती! मैले फोन चेक गरे। ३ वटा भोइस मेसज रहेछ। म प्राय थाहा नपाएको नम्बरहरु हेर्दिन। तर ३ वटा मेसेज डक्टर रबर्टको अफिसबाट आएको थ्यो। तर म कोरोना शुरु भएदेखि अपोइन्ट्मेन्टमा गएको छैन। मेसेजमा "अपोइन्टमेन्टमा किन मिस गरेको भन्ने प्रश्न थ्यो।" म ठिकै छु, किन जानु पर्‍यो बेकारमा डक्टरका? यस्तै सोच्दै मैले हम्बल गएको तिर हेर। ऊ अझै फर्केको थिएन। केही इमर्जेन्सी आइ पर्‍यो कि? उसले दिएको नम्बर मैले घरमा डायरीमा लेखेको थिए, मेरो फोनमा सेव गर्नु पर्ने। कस्तो बुद्धी? अब के गर्ने ? कसरी उसलाई सोध्ने?

इ-मेल हेरे, हम्बलले केही लेखेको थिएन। कति बेर लाग्ने हो? म जाउ भने उसले म नआए सम्म कुर भनेको छ। मैले इ-मेल गरे "के भयो? कति समय लाग्छ? आउन लाको हो?"

घरि घरि इ-मेल चेक गरे। उसले जवाफ पठाएन। मन आतियो। उसलाई केही भयो की? अनेक शंका उपशंका उब्जियो। न कसैले हामी दुबैलाइ देखेर उसको सुपरवाइजरलाई कुरा लाइदियो कि? उसको रेजिडेन्सी सकिन अझै धेरै बाँकी छ, मैले उसलाई अप्ठ्यारो परिस्थितीमा पारे। यदी म्यानेजमेन्टले थाहा पायो भने, मेरो जागिर त गयो गयो, उसको पनि रेजिडेन्सी धरापमा पर्छ। ऊ कहाँ जान्छ? के गर्छ? मैले उसलाई उक्साउन नहुने। हामी धेरै नजिक हुन नपर्ने त्यो पनि एकै ठाउमा काम गर्ने भएपछी। मैले किन यो सबै नसोचेको होला पहिले नै। बिचरा उसले कसरी सामना गर्छ अब आउने चुनौतीहरु?

"के तपाईंलाई मद्दत गर्न सक्छु?" अघि छतमा ढोका लाउन आएको सेक्युरिटी गार्ड फेरी देखा पर्‍यो। मैले उसलाई अध्यारोमा ठम्याउन सकिन।

"म कसैलाई कुरिरहेको छु।" मैले बिस्तारै भने।

"यती राती ? अहिले ११बजी सक्यो त!" सेक्युरिटी स्टाफ छक्क पर्‍यो।

"छिट्टै आउछु भनेको छ।" मैले उसलाई नहेरी भने।

"को?" उसले सोध्यो।

"अघी म सँग छतमा थ्यो नि? तपाईंले "गूड्नाइट डक्" भन्नु भएको थ्यो नि!"

"छतमा त तपाईं मात्रै हुनुहुन्थ्यो हैन र?" ऊ झन अचम्म भयो।

"म सँग एकजना पुरुष पनि थियो। तपाईंले देख्नु भएन र?" म पनि अचम्म्भित भए उसको कुरा सुनेर।

"म्याडम ! मैले त तपाईंलाई मात्र देखे। तपाईं एक्लै कुरा गरिरहनु भएको थ्यो। भरेङबाट ओर्लिदा पनि एक्लै नै बोली रहनु भएको थ्यो।" ऊ नरम भएर बोल्दैथ्यो।

"तपाइको आँखा त ठीक छ?" कस्तो मान्छे पनि राम्ररी नदेख्ने होला भन्ठाने मैले।

"हजुर! मैले कहिले पनि चस्मा लाउनु परेको छैन आजसम्म। भगवानको कस्सम! मैले तपाईंलाई देखेको थिए। तर त्यहा अरु कोही थिएन।"

मलाई कस्तो कस्तो महसुस भयो। कसरी यो मान्छेलाई हम्बललाई कुरेको भनेर विश्वाश दिलाउ।
म चुपचाप बसे।

"तपाइको लागि ट्याक्सी बोलाउ?" फेरी सेक्युरिटी गार्डले भन्यो।

"किन? तपाईंलाई म यहाँ बसेको मन परेन?" मलाई रिस उठ्यो।

"म्याडम! यो मध्यरातमा तपाईं एक्लै कसरी बस्नु हुन्छ यहाँ? म ड्युटी गर्दैछु। मेरो कर्तब्य हो की तपाईंलाई सुरक्षित ठाउमा पुर्‍याउनु।"

"म जादिन अहिले! उसले “कुर” भनेको छ।" मैले ढिप्पि गरे।

"त्यसोभए मैले पुलिस बोलाउनु पर्ने हुन्छ। प्लिज मलाई पुलिस बोलाउन मन छैन।"

"तिमीलाई थाहा छैन। म यहीको कर्मचारी हुँ। कसरी तिमी पुलिस बोलाउछौ? म पनि हेरु?"

"सरी, म्याडम ! मलाई थाहा छ, तपाईं यही काम गर्नुहुन्छ। तर तपाईंको शिफ्ट सकिसक्यो। तपाईं घर जानुहोस्। म पुलिसलाई बोलाउदिन।"

मैले इ-मेल फेरी चेक गरे हम्बलको जवाफ थिएन। म हारे त्यो सेक्युरिटी गार्डसँग र फर्के घर निराश मन लिएर।
घरमा पुगेपछी फेरी हम्बललाई इ-मेल लेखे, उसले जवाफ दिएन। मैले उसको फोन नम्बर टिपेको डायरी खोजे। डायरी भेटिन। मेरो गलामा उसको प्रेमको चिन्हरु सुन्दर देखिन्थ्यो। तर सेक्युरिटी गार्डको कुरा मलाई विश्वाश लागिरहेको थिएन। उसले कसरी हामी दुबैलाइ देखेन। मैले हम्बलको हात समाएको थिए, उसले मेरो। हामी दुबै नै सङै बसेको थ्यौ र सँसङैगइ त्यहाबाट तल गएको थ्यौ। कसरी त्यो सेक्युरिटी गार्डले मलाई मात्रै देख्यो? हम्बल अद्रिश्य त पक्कै थिएन। एक जना देख्ने अर्को मान्छे नदेख्ने, कस्तो अचम्मको आँखा त्यो गार्डको? कि त्यसले ड्रग्स खाएको थ्यो? म हम्बलसँग कुरा गर्दै थे। तर त्यसले भन्यो, म एक्लै कुरा गरिरहेकी थे। यो के हुँदैछ?

क्रमश:
Read Full Discussion Thread for this article