Posted by: AnandNepal May 28, 2021
हेत्छाकुप्पाको कथा (नेपाली लोक कथा)
Login in to Rate this Post:     0       ?        
कथामा खासै कसैले चासो दिएको जस्तो लागेन .. अब पुरा कथा भिडियोमा नै शेयर गर्नु पर्ला

- मुन्धुम र रिसियाको प्रभावले हेछाकुप्पा चिहानमा बौरियो ।
- एक कोसा केरा र कर्द फेला पार्यो
- चाक्लुङधिमाले हेत्छाकुप्पालाइ आंफ्नो थुन्सेमा थुनेर ढाडमा बोकी गीत गाउँदै रमाउंदै घरतिर हिंडी:
गोबर भने नि मुखैमा पर्यो,
खोला भनेनी मुखैमा पर्यो
अब त केटो जालैमा पर्यो,
भरेको तिउन मुखैमा पर्यो

हत्छाकुप्पाले भन्यो, "पहिला त मेरो पनि त्यस्तै कपाल थियो बाँसको जरा जस्तो. तर, तेल उपचार गरेर यस्तो बनाएको."

त्यसपछिको भागमा
- चाक्लुङधिमाको चंगुलबाट भागेको कथा छ

त्यसपछि को भागमा
- लुंगी चकनाचुर भएर फुटेको आवाजले हेत्छाकुप्पा झसंग भएर उठ्यो .. बिउँझेर यता उता हेर्छ त जता ततै चाकलुङधिमाको लुंगीको टुक्रा खसेर सेताम्य भएको रहेछ ... उसले बोकेको पानी थोपा भएर झरी रहेको तर उसका बा चाँहि फर्की सकेछन .. उनले जानु अघि पिंडीमा धनु र बिजुली बाण चाँहि छोडेर गएका रहेछन. धनु र बिजुली बाण पाएपछि खुशी भएको हेत्छाकुप्पाले धनु बोकेर चाकलुङधिमा राक्षसनिलाइ खोज्न थाल्यो .. लुंगी फुटेर नांगै भएकी चाकलुङधिमा राक्षसनीले लुंगीको टुक्रा जम्मा गरेर जोड्न खोज्दी रहिछ .. तर बिजुली बाणको प्रभावले एकै छिनमा बिलाएर जाँदो रहेछ ...
हेत्छाकुप्पाले बिजुली बाण तेर्साउदै राक्षसनीलाइ "कुरी कुरी .. कुरी कुरी" भनेर जिस्क्यायो .. हेत्छाकुप्पाको हातमा बिजुली बाण देख्ने बित्तिकै तर्सेकी चाकलुङधिमा राक्षसनी त्यहाँबाट टाप कसी..

अर्को भाग लेख्दै छु .. यहाँ चाँहि यत्ति नै

यो कथाको भिडियो बनाएर यो च्यानलमा अपडेट गर्ने छु  https://www.youtube.com/channel/UCQVsLdM2pDwvLlZ6Iw2JxVA/
Last edited: 28-May-21 10:35 PM
Read Full Discussion Thread for this article