Posted by: crazy_love May 24, 2021
हेरेको तिमीलाइ आँखाले हैन।
Login in to Rate this Post:     2       ?         Liked by
भाग-७
म काममा पुग्नु अघि नै "हम्बल" ले कफी ल्याइसकेको थ्यो। ऊ हतारमा थियो, कहाँ हो क्लास छ बिहानै भनेर ऊ मेरो हातमा कफी दियो। कफी सङै उसले मेरो हातमा हलुका स्पर्श गरेको थ्यो। उसको आँखामा रहर थियो, मेरो मनमा तिर्खा। हामी दुबैलाइ समयले साथ दिएको थिएन। यदी अरु कोही नभएको भए ऊ मलाई अङाल्थ्यो र मायाले चुम्थ्यो मेरो अधरभरि।
मन नलागी नलागी हामी छुट्यौ पार्किङ्बाट।
काम उस्तै थ्यो, बातावरण उस्तै थ्यो, बिरामीहरु उही प्रकृतिका थे। यदी केही परिवर्तन भइरहेको थ्यो भने मेरो मन। मलाई "हम्बल" लाई कहिले देखु जस्तो भैसकेको थ्यो। कहिले भेटु जस्तो भैरहेको थ्यो। मेरो काममा भन्दा धेरै "हम्बल" मा धेरै ध्यान गैरहेको थियो। तर मैले आफ्नो ड्युटी पुरा गर्नै पर्थ्यो।

"तपाइको नाम?" म बिरामीलाई सोध्दैथे।
"ज्याक !" ४५ बर्षको पुरुष, अलिकती फुलेको दारी, फुलेको कपाल मुस्काइरहेको थ्यो। उसको चार्टले उसको कथा भनी सकेको थ्यो। मैले पढिसकेको थे। तैपनी मैले सोध्नु पर्थ्यो।
"यहा आउनुको कारण?"
"धेरै कारण छन! कुन चाँही सुनाउ?" ऊ मेरी हासिरहेको थ्यो। ऊ रक्सी खाएर मर्न चाहन्थ्यो, ऊ सँग बन्दुक पनि थ्यो। उसले उसको आमालाई "अलबिदा" भनेर टेक्स्ट गरेको थ्यो। आमाले ९११ फोन गरी। पुलिस घर पुग्दा ऊ आफ्नो कन्चटमा बन्दुक राखेर आत्महत्या गर्न लागेको थ्यो। तर पुलिसले उसलाई त्यो भन्दा पहिले रोक्यो र ऊ अहिले मानसिक अस्पातलमा छ। ऊ हासिरहेको देख्दा हिजो ऊ आत्महत्या गर्न तयार भएको मानिस जस्तो देख्दैनथ्यो। उसले आफ्नो दु:खलाई हासोले छोप्ने कोशीश गरीरहेको थ्यो। मलाई उसको हासो ठीक लागिरहेको थिएन। तर ऊ शब्दै पिच्छे हासेर आफ्नो पीडा लुकाइ रहेको थ्यो।
"तर म मर्न चाहन्न थे। अलि बढी पिएको थे। १५ बर्ष पुरानो बिहेको अन्त्य हुँदैथ्यो। मेरो नयाँ कामको बोझ भिन्दै थ्यो। भर्खर नयाँ ठाउमा आएको थे। अब भन्नुस कुन चाँही कारण जायज थ्यो आत्महत्याको लागि?" ऊ हासिरहेको थ्यो।
"सरी! तपाईंको जिबनमा धेरै घटनाहरु घटिरहेका रहेछन। यस्तो बेलामा आत्तिनु वा कुनै निष्कर्षमा पुग्न नसक्नु धेरै गार्हो हुन्छ। तपाईं अहिलो सुरक्षित ठाउमा आउनु भएको छ।" मैले भने।
"तर म अब आत्महत्या गर्दिन।"
"के काम गर्नु हुन्छ?" सोधे।
"सफ्टवयर इन्जिनियर हुँ।"
"नयाँ काम गार्हो छ?"
"भर्खर १ महिना भयो, धेरै प्रोजेक्ट सकाउनु पर्छ। मैले केही बुझेको छैन।"
"कहिले देखि पिउने गर्नु हुन्थ्यो?"
"जबदेखी जवान भए।" ऊ हास्यो। “पिउथे, केही दिन छोड्थे, अनी फेरी पिउथे। काम गर्दा पिउदिनथे। तर कहिले सोबर पनि भएको थिइन।"
"रक्सी छोड्न मन लागेन?"
"अहँ-- मैले त्यस्तो धेरै पिएकै थिइन। विकेन्ड्मा पिउथे, तर अरु दिन म सामान्य हुन्थे।"
"तपाइकी श्रीमती कहाँ छे?"
" "उनी पूर्वतिर छे। उ डिवोर्स गर्न चाहन्छे। तर मलाई डिवोर्सको चिन्ता छैन।"
"किन नि?
“१० बर्ष देखी उनमा यौन चाहना थिएन। ऊ आफ्नै दुनियाँमा थी! मैले आफ्नो चाहना बाहिर गएर पुरा गर्न पर्थ्यो। उनको अनेक समस्या छ भन्थी। एक प्रकारले उनलाई पनि मेरो पिउने बानीले तनाब भएको हुन सक्छ। डिवोर्स हुनै पर्थ्यो छिटो वा ढिलो।"
"शायद तपाईंकी श्रीमती पनि चिन्ता वा डिप्रेसनले निराश थि की?"
"हुन सक्छ। मेरो पिउने बानीले उनलाई पनि धेरै तनाब हुन सक्छ। तर उनले मलाई कहिले केही भनिन। हुन त मैले पनि सोधिन।" ज्याक त्यतिखेर हासेन। उसको आँखामा आँसु टिलपिलाइरहेको थ्यो।
"त्यो हिजोको कुरा थ्यो। तर आज फरक छ। हिजोको तिम्रो सोच र आज मा के फरक छ?"
"म बाँच्न चाहन्छु। नयाँ अध्याय शुरु गर्न चाहन्छु।" ज्याक अहिले गम्भिर भएको थ्यो।
"तर रक्सी धेरै खायो भने त फेरी त्यही कुरा दोहोरिन्छ, जुन पहिले भएको थ्यो।"
"म अब त्यस्तो गर्दिन होला। मैले धेरै चिज गुमाए जिन्दगीमा। शायद मैले पिउन छोड्नु पर्छ।"
ज्याकसँग कुरा गरिसकेपछी म फेरी सोच्न थाले। ऊ बिबाहित पुरुष ! उसलाई यौन चाहना हुन्छ, तर स्वास्नी मान्दिन, ऊ बाहिर गएर आफ्नो तिर्खा मेटाउन सक्छ। म बिबाहित महिला, मेरो लोग्ने चाहदैन तर म बाहिर गएर ज्याक जस्तै रहर पुराउन सक्दिन। कति फरक एउटा लोग्नेमान्छे र आईमाईको परिस्थितीमा। रहर उस्तै, आबश्यक्ता उस्तै तर सामाजिक बनावट कति कठिन एउटा आइमाइलाई। ज्याक स्पस्ट भन्न सक्छ उसलाई जरुरत हुँदा ऊ बाहिर गएर अरु स्वास्नीमान्छे सँग आफ्नो शरीरको भोक मेट्छ। म यो पनि भन्न सक्दिन की मेरो लोग्नेलाई रोग लागेको छ जसले गर्दा ऊ म सँग सहबास गर्न सक्दैन। मैले उसको पुरुषत्वको सम्मान गर्न पर्छ। उसलाई हुनसक्ने मानसिक चोटको ख्याल पनि गर्नु पर्छ। यो समाजमा मैले उसको समस्याको कुरा गर्नु हुँदैन र मेरो रहरहरुको बलिदान गर्नु पर्छ।

"मिस क्रेजी! के छ हालखबर?" मैले पहिला कहीँ सुनेको जस्तो आवाजले मेरो तन्द्रा भङ गर्‍यो।
"रोजी!" ऊ बङलादेशबाट आएकी केटी हो, यस्तै २५-२६ बर्ष होला। हाउसकीपिङमा काम गर्छे निकै फरासिली। मैले उसलाई नदेखेको २-३ हप्ता भएको थ्यो।
"म ठीक छु। भन तिम्रो के छ खबर?" मैले सोधे।
"के हुनु ठिकै छ। म स्कुल जाने प्लान गर्दै छु। म पनि नर्सिङ पढ्छु अब।"
"धेरै राम्रो कुरा! तिमी जवान छौ, पढ्नु पर्छ। पढ्यो भने राम्रो काम पाईन्छ।"
"अनी राम्रो बुढा पनि!" ऊ जहिले जिस्किन्छे म सँग।
"तिम्रो त बिहे भैसक्यो हैन?" मैले सोधे।
"बिहे त भयो तर टिक्छ जस्तो लाग्दैन।"
"लौ किन?"
"उसको यो दोस्रो बिहे रहेछ। उसले मलाई पहिले भनेन। अहिले थाहा पाए। अलि धेरै लोभी छ।"
"पैसा बच्चाउने कुरा त राम्रो बानी हो नि। कहिलेकही लोभी पनि हुनु पर्छ।"
"म नर्सिङ पढ्न चाहन्छु, तर ऊ मलाई सहयोग गर्न चाहदैन। म पछी तिर्छु भन्दा पनि पैसा दिन चाहदैन।"
हामी कुरा गर्दा गर्दै लिसा आइ।
"तिम्रो खरायोको हालखबर के छ?" लिजाले रोजीलाई सोधी।
"तिमीले खरायो पालेको छौ। मलाई नि मन छ खरायो पाल्न। गार्हो छ खरायो पाल्नलाई?" मलाई खरायो मन पर्थ्यो।
मेरो कुरा सुनेर लिसा र रोजी मरी मरी हासे।
"साच्चै भनेको मलाई सेतो खरायो पाल्ने रहर छ क्या! भन न, के के गर्नु पर्छ?" मैले रोजीलाई फेरी सोधे।
"मेरो खरायो त गुलाफी छ।" रोजी फेरी खित्का छोडेर हासी।
"तिम्रो खरायोले के खान्छ?" मैले सोधे।
"हरे ! उसको खरायोले के खान्छ होला? तिमी आँफै सोच त।"?" लिसा पनि हास्न थाली।
"मिस लिसा। खरायो को सिंघ भाच्यो। अब नयाँ खरायो किन्नु पर्‍यो।" मेरो प्रश्नको उत्तर दिनुको साटो रोजी उल्टो लिसालाई सोधीरहेकी थी। म अझै उनिहरुको कुरा बुझिरहेको थिइन।
"खरायो को पनि कही सिंघ हुन्छ? के कुरा गरेको तिमीहरुले ?" मलाई अचम्म लाग्यो।
"खेलौना क्या! थाहा छैन ? खरायो हुन्छ नि, सिंघ भएको। कोही नभएको बेला एक्लै खेलाउने खरायो क्या!" लिसाले कानैमा आएर सुटुक्क भनी।  
"मिस क्रेजी पनि कस्तो केही थाहा नपाएको जस्तो गर्नु हुन्छ। तपाईंको खरायो छैन?" रोजीले जिस्काइ मलाई।
बल्ल मैले बुझे, उनिहरुले सेक्सको लागि बनेको खेलौनाको कुरा गरेका रैछन्। म अर्कै खरायो सम्झिरहेको रहेछु।
"अस्ती भर्खर नयाँ किनेको हैन तिमीले ? कति छिटो सिंघ भाँचेको? लिसाले रोजीलाई सोधी।
"मेरो पैसा सबै खरायोमा गयो। सिंघ भाचेपछी काम नलाग्ने। ५-६ वटा किनिसके मैले।" रोजी फेरी हासी।
"पहिलोचोटी त लाज लाग्छ भन्थ्यौ। म सङै गएकी थ्यौ। अहिले त एक्लै जाने भैसक्यौ?" लिसाले जिस्काइ रोजीलाई।
"अब आफुलाई चाहिए पछी एक्लै भये पनि जानु पर्‍यो नि।" रोजी नि जिस्की लिसासङ।
मलाई के भनु के भनु भयो। मलाई त्यो बारे केही कुरा थाहा थिएन। सुनेको थे, तर मैले कहिले थाहा पाउन चाहिन। लिसा र रोजी कुरा गर्दै थे, म आफ्नै दुनियाँमा हराउन थालेकी थिए।
"के भयो?" हम्बल सामुन्ने उभिएको थियो।
"केही पनि हैन।" मैले भने।
"भरै तिम्रो छुट्टी भएपछी मलाई भेट्न सक्छौ?"
"कहा?"
"दोस्रो तल्लामा।"
मैले हुन्छ भने। ऊ गयो, मलाई कहिले मेरो छुट्टी होला जस्तो भैसकेको थ्यो।

क्रमश:  
Read Full Discussion Thread for this article