Posted by: crazy_love May 17, 2021
हेरेको तिमीलाइ आँखाले हैन।
Login in to Rate this Post:     2       ?         Liked by
भाग-५
लिफ्ट तल्लो फ्लोरमा रोकियो, हामी दुबै चुपचाप निस्कियौ। बाहिर मेनेजर र मेन्टेनेन्सको स्टाफ थ्यो। मैले उनिहरुलाई "धन्यबाद" दिदै बाहिर बङैचामा निस्के। ऊ कता गयो, मैले देखिन। बाहिर चिसो हावा चलेको थ्यो। अघी भर्खर ऊ र म बिच के के भयो म सम्झिदै रोमन्चित भए। कता कता सुकी सकेको नसाहरुमा रक्तसंचार भए जस्तो। मेरो शरीरमा अझै काउकुती लागिरहेको थ्यो।
उसको स्पर्श, मायालु चुम्बन अनि फेरी पलाएका रहरहरु मलाई ब्युझाइराख्थे कैयौ रात! म शरीरको तापक्रम घटाऊन रातभरी चिसो पानीले नुहाउथे। तर उसले मेरो मनलाई तताएको थ्यो, मेरो आत्मामा आगो लगाएकोथ्यो। ऊ मेरो सपनाभरी आउथ्यो, जिस्क्याउथ्यो, मलाई लठ्याउथ्यो, मदहोश बनाउथ्यो। म ऊ सङ्सङै रमाउथे। हरेक रात म ऊ सँग हुन्थे, ऊ म सङै हुन्थ्यो मनमा मात्रै मनमा। उसलाई स-शरिर पाउन तड्पिन्थे, छटपटाउथे, र बोलाउथे उसलाई रातभरी। उसले सुन्थ्यो कि सुन्थेन मेरो मनको पुकार।
उ सलाई हो र म मैनबत्ती, उसको एकै झिल्काले मलाई पगाल्न सक्छ। हामी दुबै आगो हुन सक्छौ र सल्काउन सक्छौ उसको र मेरो संसार। उस्को समाज मेरो समाज, उसको परिवार मेरो परिवार, हामी दुबैको सामाजिक पेशा र प्रतिस्ठा सबै खरानी हुन सक्छ एकै छिनमा! यो आगो यस्तो डरलाग्दो थ्यो, हामी दुबैलाइ सन्तुस्ट पारेर मेट्न सक्थ्यो हाम्रो अस्तित्व।मलाई आगोको अन्तिम परिणामसँग डर लाग्थ्यो, तर आगोसँग खेल्ने रहर बढ्दैथ्यो।

लिफ्टभित्रको घटनाले गर्दा मैले धेरै दिन सम्म "हम्बल्"सँग आँखा जुधाएर कुरा गर्न सकिन। उसलाई पनि अप्ठ्यारो भएको जस्तो लाग्यो। केही सोध्नु पर्‍यो भने उ अरुलाई सोध्यो, र म पनि अरुलाई नि जवाफ दिन्थे। तर आगोको झिल्का उसले मलाई लगाइसकेको थ्यो र उ पनि सल्किरहेको थ्यो। हामी दुबैमा तड्पाइ थ्यो जुन हाम्रो आँखामा झल्किन्थ्यो, मनमा पोलिरह्न्थ्यो। हामीले एक अर्कासँग १-२ हप्ता राम्ररी बोल्न सकेनौ। । उसको मनमा के थ्यो कुन्नी, तर म उ सँग नजिकिन चाहन्थे। एकचोटि उ सँग बहकिन चाहन्थे। मलाई समाजको डर थिएन। आफ्नो आँखाबाट आँफै खस्नुको पीर पनि थिएन। म मसँग बाँकी भएको समय थ्यो, त्यो खुशीसाथ बिताउन चाहन्थे। मलाई भोलिको चिन्ता थिएन। मैले त्यसरी कैयौ बिगतलाई डुबाएकी छु। म आजमा बाँच्न चाहन्थे। मलाई केबल अहिलेमा रमाउनुथ्यो। जिन्दगीले खोसिसकेको मेरो रहर फेरी ब्युताउन चाहन्थे।

तर यो पल फेरी आउँदैन। उ आफ्नो बाटो जान्छ, अनि म यही रुमल्ली रहन्छु खोक्रो सम्बन्धमा। मेरो रहर यतिकै सेलाउछन, मेरो नबितेको यौबन त्यतिकै ओइलाउछ। म यसरी जिबन बिताउन चाहन्न। मैले मेरो जिबनको महत्वपूर्ण समय यसरी नै खडेरिमा बिताएकी छु। मलाई आशा थ्यो, एक्दिन पक्कै उसले बुझ्नेछ र उपचारको लागि जान्छ। "इरेक्टाइल डिस्फङ्सन" धेरै बर्ष पहिले उसको डक्टरले दिएको डाइग्नोसिस थ्यो। उसलाई आफुमा कमजोरी छ भनेर स्वीकार्न ३-४ महिना लाग्यो। शुरुमा उसले औषधी खायो तर पछी उसले त्यो पनि छोड्यो। त्यसपछी जाच्दा टेस्टओरोन हर्मोन धेरै कम देखिएको थ्यो। डक्टरले उसलाई उपचारको लागि इस्पेलिस्टका रिफर गरेको थ्यो। उ जान मानेन। उसलाई इछ्या छैन। मेरो इछ्याको उसलाई मतलब छैन। उ यसरी टाढा भएको थ्यो मेरो मन देखी। किनभने उ मेरो शरीरसँग टाढिसकेको थ्यो।

त्यो दिन म लिसा सँग काम गर्दैथे। लिसाको ३ चोटि विवाह भएको थ्यो, ३ चोटि नै उ बिधवा भएकी थी। अब उ बिहे गर्न चाहदिन। उ रिटायर हुने प्लान गर्दैछे, त्यस्तै ५८-६० होली उमेरमा। उ सधैं डायट गरिरहेकी हुन्छे। उ एक महिनामा १०-२० पाउन्ड घटाऊछे, अनि फेरी मोटाउछे। उसले कुनै दिन भनेकी थिइ, उसलाई चिन्ता पर्दा खाएर कोप गर्छे। यानिकी उसको कोपिङ मेखानिज्म भनेको खाने मात्रै हो। त्यसैले उ सधैं डायेट गरिरहेकी हुन्छे। अहिले वार्डमा बिरामीहरु सधैं झै फरक फरक रोगले ग्रस्त छन। त्यती रिसाउदैनन, बिच भनेर गाली पनि गर्दैनन। उनिहरु आँफैसँग कुरा गरिरहन्छन। एक्लै हासिरहन्छन। उनिहरुको दिमाग रमाइलो छ। त्यसैले त उनिहरुलाई यो संसारको मतलब छैन।

"त्यो बिरामीलाई राम्ररी नुहाइध्वाइ गरेर घर लान पाए म लान्थे।" लिसाले एउटा होमलेस बिरामीलाई देखाइ।
त्यो बिरामी २-३ महिनामा अाइरहन्थ्यो। त्यस्को आँखामुनी आसुको थोपा ट्याटू थ्यो। मलाई त्यो कस्तो मन पर्थ्यो। साँच्चै त्यो स्किजोफ्रेनिक नभएर सामान्य मान्छे भएको भए धेरै राम्रो थ्यो। तर उ सधैं एक्लै कुरा गरिरहन्थ्यो, बेला बेलामा हासी पनि रहन्थ्यो। उसको संसार बेग्लै थ्यो।
"किन लाने नि त्यसलाई?" मैले लिसालाई सोधे।
"त्यो यस्तो राम्रो खाइलाग्दो लोग्नेमान्छे कती राम्रो छ, किन लाने होला तिमी आँफै बुझ न।" उ अली जिस्किइ।
"तिमीले जे को लागि लगेको उसले त्यही गर्न सकेन भने?"
"त्यस्तो हट्टाकट्टा जवान मान्छे छ, किन गर्न नसक्नु?" लिसाले सोधी।
"तर त्यसको औषधीहरुले त सबै मुख्य काम नै बिगारन सक्छ नि।"
"त्यो त हो! बिचरा!" लिसालाई अब त्यो बिरामीको माया लाग्यो।
"तिमीलाई त चाहियो भने लोग्नेमान्छे घर लाने बातावरण छ। म त त्यो पनि सक्दिन।"
"तिम्रो त घरमै छ त लोग्ने, किन लानु पर्‍यो?"
"लोग्ने छ, तर लोग्नेको सुख छैन।"
"तिमीहरु कपल थेरापी गएनौ?" लिसालाई अब म माथि दया लागेछ।
"हाम्रो कल्चरमा थेरापी हुँदैन। हामी आफ्नो इमोसनहरुलाई लुकाएर बस्छौ। रुने, पीर गर्ने मान्छेहरु कमजोर हुन्छन। थेरापीमा जानेहरु कमजोर हुन भन्ने सिकाइन्छ। जसरी पनि हामी खुशी छौ भन्ने नाटक गर्न सिपालु हुन्छौ ।"

"त्यस्तो जिबन बाँच्न गार्हो हुँदैन? भित्र सयौँ दु:ख लुकाएर बाहिर हास्नु पर्ने ?" लिसा अचम्म परी।
"गार्हो मात्रै हैन, म निस्सासिन्छु। तर म अब यस्तो जिबन बाँच्न चाहदिन। म स्वतन्त्र हुन चाहन्छु यो सबै देखी। मैले धेरै कुरे, समयले सबै ठीक बनाउछ भनेर । अब कुर्दिन।" तर मैले लिसालाई भित्री कुरा केही भनिन।
"जिन्दगी एकचोटि बाचिन्छ। तिम्रो उमेर छ, रहर छ, तिमीले भोग्ने समय तिम्रो आफ्नै हातमा हुन्छ। म बिधवा हुँ, तिमीभन्दा धेरै जेठी। म अझै पनि डेट जान्छु। मन पर्‍यो भने केटालाई घरमा पनि ल्याउछु। मेरो शारिरिक आवश्यकता हुन्छ, म पुरा गर्छु। के लोग्ने मर्दैमा मेरो आबश्यक्ताहरु पनि मर्नु पर्छ भन्ने छैन।" लिसाको लोग्ने मरेर पनि रहरहरु ज्युदा छन, उ ती रहरहरु निर्धक्क पुरा गर्छे। मेरो लोग्ने ज्युदै छ र पनि मेरा रहरहरु ज्युदा छैनन। हामीमा कती असमानता।

"म तिम्रो कुरासँग सहमत छु। म यो विवाह नामको जालबाट निस्किन चाहन्छु।"
"तिमी पढेलेखेको छौ, तिमीसङ सीप छ, राम्रो काम छ। तिमी इन्डिपेन्डेन्ट छौ। तिमी किन सम्झौता गर्छौ बिहे जस्तो प्रितिसत्रात्मक परम्परासँग?"
"मलाई त्यो सबै थाहा छ। अब म सम्झौता गर्दिन।"
"तिमीले चाहयौ भने एक से एक केटा तिम्रो पछी पर्छन।"
"तर मलाई उनिहरुले शरीर मात्रै देख्छन। मेरो शरीरसँग मन पनि छ।"
"त्यस्तो आशा गर्दा दु:ख पाइन्छ। किनभने लोग्नेमान्छेहरु धेरै शरीरलाई त्रिप्त गर्छन्, मनलाई उनिहरु बुझ्न सक्दैनन।" लिसाको कुरामा सत्यता थ्यो।
"तिमीलाई दु:ख लाग्दैन , जब उनिहरु तिम्रो शरीरलाई "माल" वा "बस्तु" भन्दा बढी केही सोच्दैनन?"
"म सबैले त्यस्तै सोच्छ भन्ने ठान्दिन। जस्तो मेरो दोस्रो लोग्ने मेरो मनलाई राम्ररी बुझ्न सक्थ्यो, उ मेरो शरीर र मन दुबैलाइ खुशी पार्थ्यो।"
"एकप्रकारले हेर्ने हो भने उनिहरु पनि केबल शरीर मात्रै हुन। कुनै ठुलो, कुनै सानो!"
लिसा हासी। म हासे। हामीहरु हाँस्दै गर्दा सानो लोग्नेमान्छे देखा पर्‍यो। “मिस्टर हम्बल!” उसलाई देख्नासाथ मेरो अनुहारको रङ परिवर्तन भन्यो।
"के को हाँसो हो, लिसा?"
"सानो र ठुलो साइजको!" मलाई लिसाले अरु कुरा बताउला भन्ने डर लागि रहेको थ्यो।
" के को?" हम्बललाई कती चासो।
"सुइ को क्या!" मैले कुरा त बङ्याउन खोजेकी थे।
"कस्तो सुइ?" मलाई गहिरिएर हेर्दै सोध्यो उसले।
"निडल क्या त! १८ गेजको ठुलो हुन्छ, दुख्छ नि। त्यसैले २३-२५ गेजको युज गर्नु पर्छ बिरामीलाई।"
"ए, मलाई के थाहा त?"
"तपाइलाई थाहा हुनु पर्छ नि?" लिसाले दुइअर्थी कुरा गरी।
"सिकाउनुस् न त, त्यसोभए।"
"क्रेजीले सिकाउछे।" लिसाले जिस्काइ।
"मलाई प्र्याक्टिस पनि गर्नु छ। मैले कहिले सुइ दिएको छैन।" हम्बल सोझो पारामा बोलिरहेको थ्यो।
"पछी सिके भै हाल्छ नि।' मैले झर्को मानेर भने।
"किन? आज हुँदैन?" उसले मेरो नजिक आएर भन्यो। उसको आँखामा चन्चलता थियो।
"तिम्रो काम सुइ दिने हो? " म पनि औपचारिक बाट अनुपाचारिक भए।
"तिमीलाई के लाग्छ?" उ अझै मेरो नजिक थ्यो। मैले लिसालाई हेरे। उ कहाँ गै सकिछे। शायद उसलाई अप्ठ्यारो लाग्यो हामीलाई देखेर। ऊ कतिखेर बाहिर निस्की मैले देखिन।
"प्लिज! अरुले देख्छ। अली पर जाउ।"
"यहा कोही पनि छैन।"
"तिमीलाई थाहा छ म यहाँ काम गर्छु। यो जागिरबाट मेरो घर चल्छ।"
"सरी! मैले चाहिने भन्दा बढी बोले।"
"बातावरण हेरेर कुरा गर। जहाँ पायो त्यही जे पायो त्यही कुरा नगर।"
"तिमीसँग एकचोटि कुरा गर्नुछ। कहाँ भेट्ने?"
"किन?"
“के तिमीलाइ आजकाल राती निद्रा लाग्छ?”
"मज्जाले लाग्छ। म बिहान उठ्नै सक्दिन।"
"तिम्रो आँखाको मुनी बनेको कालो कालो धर्काले त्यसो भन्दैन। तिमी मुखले झुठ बोले पनि अनुहारले लुकाउन सक्दैनौ रहेछौ। हामी बिच जे भयो त्यो बारे एक चोटि कुरा गर्नुछ।"
"मेरो लोग्ने छ, तिम्रो गर्लफ्रेन्ड! कुरा गर्नु किन जरुरी छ?"
"त्यसैले त कुरा गर्नु पर्छ। म आफ्नो भावनाहरुसँग भाग्न सक्दिन। तिमी पनि सक्दिनौ।"

तर हामी भेट्ने कहाँ?
कुनै यस्तो ठाउँ जहाँ कसैले हामीलाई नचिनोस।
"मलाई डर लाग्छ।
"अब हाम्रो हरेक कदम डर र चिन्ताले रोमान्चक हुनेछ।"
"तिमीलाई रमाइलो लागिरहेछ?"
"थाहा छैन के लागिरहेछ। तर मलाई तिमीसङ लिफ्टमा बिताएको समय मेरो जिन्दगीको अमुल्य पल लागिरहेछ।"
"त्यस्तो तिमीले गर्नु हुन्थेन।"
"तिमीले पनि मलाई रोकेनौ। त्यसैले हामी दुबै जिम्मेबार छौ। प्लिज मलाई तिम्रो नम्बर देउ। "
"म दिन सक्दिन।"
"म कसरी तिमीसङ कुरा गरु?"
"मेरो इ-मेल लिउ!"
"अचम्मको मान्छे रैछौ, टेक्स्टको जमानामा इ-मेल कसले लेख्छ?"
"तेसो भए म सँग कुरा नगर!"
"कस्तो छुच्ची तिमी त! देउ मलाई इ-मेल उसले मेरो इ-मेल लियो।
लिसा कहाबाट टुप्लुक्क आइ। उसले हामी दुबैलाइ पुलुक्क हेरी, अनी आफ्नो धुनमा लागि। हम्बलले बिस्तारै मेरो हात तान्यो र कसैले नदेख्ने गरी लेख्यो उसको फोन न। मैले हत्तनपत्त आफ्नो हात ताने, मेरो मुटु ढुकढुक भयो। ऊ मेरो अनुहारमा मायालु पाराले हेर्दै निस्कियो। मेरो मुटुको "ढुक ढुक" लिसाले सुनी के सुनिन। मैले धेरै बेरसम्म सुनिरहे, त्यसमा "हम्बल"को नाम धड्किरहेको थ्यो।

क्रमश:  
Read Full Discussion Thread for this article